ह्वावे नोभा थ्री तथा नोभा थ्री आई सार्वजनिक

Technology Khabar १३ श्रावण २०७५, आईतवार

ह्वावे नोभा थ्री तथा नोभा थ्री आई सार्वजनिक
फाइल

काठमाडौं ।

काठमाडौं । चिनियाँ मोबाइल फोन उत्पादक ह्वावे ले नेपाली बजारमा नोभा सिरिजअन्तर्गतका नोभा थ्री तथा नोभा थ्री आई सार्वजनिक गरेको छ।

कम्पनीले शुक्रबार एक कार्यक्रमका बीच दुई नयाँ फोन लन्च गरेको हो ।

कार्यक्रममा ह्वावे नेपालका सिइओ डेनि ड्या ले नोभा सिरिजका दुबै फोनहरु नेपाली प्रयोगकर्ताहरुले निकै मन पराउने विश्वास व्यक्त गरे ।

यी स्मार्टफोनमा एउटा अल क्वाड क्यामरा तथा जडान गरिएको कम्पनी प्रोसेसर राखिएको कम्पनीले जनाएको छ।

दुवै फोनहरुमा दुईवटा फ्रन्ट क्यामराहरु छन्। २४ एमपी प्राइमरी क्यामरा तथा २ एमपीको सेकेण्डरी क्यामरा जडित छ।

नोभा थ्रीमा २४ एमपीको मोनोक्रम तथा दुईवटा एफ १.८ वाइड एपेर्चर ६ पी लेन्सहरूसहितको १६ एमपी आरजीबी सेन्सर जडान गरिएको छ। यो विशेषताले अँध्यारो वा कम उज्यालो ठाउँमा राम्रा तस्वीर खिच्ने कम्पनीको दावी छ।

थ्री आईको रियर क्यामरामा १६ एमपीको प्राइमरी सेन्सर तथा २ एमपीको सेकेण्डरी सेन्सर राखिएको छ।

६.३ ईन्च एफएचडी प्लस २३४०x१०८० रिजोल्यूसन १९.५:९ को फूल भ्यू डिस्प्ले राखिएको फोनमा आइरिस ब्लू कलरको प्रयोग गरिएको छ।

दुवै फोनहरू ग्लास प्यानलले ढाकिएको छ। नोभा थ्रीमा किरिन ९७० एसओसी जडान गरिएको छ भने नोभा थ्री आई किरिन ७१० एसओसी राखिएको कम्पनीले जनाएको छ ।

नोभा थ्री तथा नोभा थ्री आईमा उच्च क्षमताका क्यामराहरू जडान गरिनुका साथै आर्टिफिसियल इन्टेलिजन्स प्रणाली जडित छ।

कम्पनीले नोभा थ्री आईको मूल्य ३८ हजार ९ सय र नोभा थ्रीको मूल्य ५९ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ। यो फोन प्रि-बुकिंगका लागि हाल खुला गरिएको छ भने प्रि-बुकरले पोर्टेबल स्पीकर उपहारमा प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

easy care

प्रकाशित: १३ श्रावण २०७५, आईतवार

ताजा समाचार