सामसंगले बनायो नफुट्ने र नटुट्ने डिस्प्ले, छिटै बजारमा आउने

Technology Khabar ११ श्रावण २०७५, शुक्रबार

सामसंगले बनायो नफुट्ने र नटुट्ने डिस्प्ले, छिटै बजारमा आउने
NTC_Advt

काठमाडौं ।

काठमाडौं । सामसंग आफ्नो सूपर एमोलेड डिस्प्लेको लागि विश्वभर चिनिन्छ । यसको डिस्प्ले सामसंग बाहेक विश्वका विभिन्न स्मार्टफोनमा प्रयोग हुने गरेको छ ।

यसैबीचमा कम्पनीले पहिलो पटक अनब्रेकेबल फ्लेक्सिबल स्क्रीन प्यानल बनाएको छ । यसलाई हाल कम्पनीले सर्टिफाई समेत गरेको छ ।

सामसंग यूएसए वेबसाइटकाअनुसार नयाँ फ्लेक्सिबल ओएलईडी प्यानल अण्डरराइटर्स ल्याबरोटरिजको माध्यमबाट सर्टिफाई गरिएको हो । टेस्टिंग कम्पनी ओएसएचएकाअनुसार यी ओएलईडी प्यानलहरुलाई इलेक्ट्रोनिक्स प्रोडक्ट्स जस्तै अटोमोबाइल, मोबाइल मिलिट्री डिभाइस, पोर्टेबल गेम कन्सोल र ट्याबलेट पीसीमा प्रयोग गरिनेछ ।

अनब्रेकेबल फ्लेक्सिबल ओएलईडी प्यानल अब अनब्रेकेबल सब्सट्रेकका साथमा आउनेछ जसलाई एउटा ओभर विण्डोले सुरक्षित राख्नेछ ।
सामसंग डिस्प्ले कम्पनीका जनरल म्यानेजर होजंग किमले भने, प्लाष्टिक विण्डोको यदि कुरा गर्ने हो भने पोर्टबल इलेक्ट्रोनिक डिभाइसका लागि सक्षम हुन्छ । यो आफ्नो लाइटवेट, हार्डनेसका लागि परिचित छ, जून एउटा ग्लासको जस्तै हुन्छ ।

अण्डरराइटर्स ल्याबरोटरिजकाअनुसार यूएस डिभार्टमेन्ट अफ डिफेन्सको माध्यमबाट यो टेस्ट पास भएको हो । कम्पनीकाअनुसार यसको ड्रप टेस्ट पनि गरिएको थियो जहाँ ग्लासलाई ४ फीटको उचाईँबाट झारिएको थियो र ७१ डिग्रीदेखि ३२ डिग्रीको तापमानमा छोडिएको थियो । तर पनि प्यानललाई कुनै हानी नोक्सानी भएन र ठिकसँग काम गरिरहेको थियो ।

प्रकाशित: ११ श्रावण २०७५, शुक्रबार