कूलप्याडको ‘कूल प्ले सेभेन’ स्मार्टफोन सार्वजनिक, पहिलो पटक ‘नोच डिस्प्ले’ डिजाइन

Technology Khabar १० श्रावण २०७५, बिहीबार

कूलप्याडको ‘कूल प्ले सेभेन’ स्मार्टफोन सार्वजनिक, पहिलो पटक ‘नोच डिस्प्ले’ डिजाइन
Global IME Bank

काठमाडौं ।

काठमाडौं । कूलप्याडले चीनमा आफ्नो नयाँ स्मार्टफोन कूल प्ले ७ (Cool Play 7) सार्वजनिक गरेको छ । यसअघि कम्पनीले ल्याएको यो स्मार्टफोन कूल प्ले ६ को अपग्रेड भर्सन हो, जून गत वर्ष सार्वजनिक भएको थियो ।

कूलप्याडको यो स्मार्टफोन कम्पनीका यसअघिका फोनहरुभन्दा निकै फरक डिजाइनमा आएको छ । यो फोनमा कूलप्याडले पहिलो पटक नोच डिजाइन राखेको छ भने यसको स्पेशिफिकेसन पनि एडभान्स छ ।

कूल प्ले ७ मा ५.८५ इन्चको एचडी डिस्प्ले राखिएको छ जसमा १९ः९ एस्पेक्ट रेशियो रहेको छ । स्मार्टफोनमा साइड बेजेल निकै कम मात्र छ ।

स्मार्टफोनको ब्याक र फ्रन्टमा ओलेफोबिक कोटिंग राखिएको छ भने यसको फ्रेम जिंक एलोयद्धारा बनाईएको छ ।

कूल प्ले सेभेनमा १.५ गीाहर्ज अक्टा कोर मिडियाटेक एमटी६७५० प्रोसेसर राखिएको छ । यसमा ४ जीबी र्याम तथा ६४ जीबीको आन्तरिक स्टोरेज राखिएको छ जसलाई बढाउन सकिन्छ ।

कुलप्याडको नयाँ फोनमा ड्यूल रियर क्यामरा सेटअप राखिएको छ जसमा १३ मेगापिक्सेलको मुख्य क्यामरा छ भने अर्को १३ मेगापिक्सेलको सेन्सर रहेको छ । सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । क्यामराले पोट्रेट मोडमा फोटो खिच्न सक्दछ भने स्लो मोशन भिडियो रेकर्ड गर्न सक्छ ।

फोनमा पावरको लागि २,८०० एमएएच ब्याट्री छ भने एन्ड्रोयड ओरियोमा संचालन हुन्छ । यो फोनमा फेस अनलक, ड्यूल सिम, फोरजी भीओएलटिई, वाईफाई, ब्लूटूथ जस्ता फीचरहरु छन् । फिंगरप्रिन्ट स्क्यानर यसको पछाडि राखिएकोछ भने फोनमा आर्टिफिसियल इन्टेलिजेन्स पनि राखिएको छ ।

कूल प्ले सेभेन स्मार्टफोन ह्वाइट, ब्लू र ब्ल्याक कलर अप्सनमा आउने छ । तर कम्पनीले यसको बजार मूल्य भने तोकेको छैन् ।
यो फोन चीनमा जेडी डटकममा उपलब्ध हुनेछ भने जूलाई ३० देखि मात्र किन्न पाईनेछ ।

माध्यम

Sajilo Visa

प्रकाशित: १० श्रावण २०७५, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार