मन्त्रीपरिषद बैठक स्वचालित प्रणालीमा, प्रधानमन्त्रीसहित मन्त्रीहरुद्धारा एप्पलको म्याकबुक एयर प्रयोग

Technology Khabar १० श्रावण २०७५, बिहीबार

मन्त्रीपरिषद बैठक स्वचालित प्रणालीमा, प्रधानमन्त्रीसहित मन्त्रीहरुद्धारा एप्पलको म्याकबुक एयर प्रयोग

काठमाडौं ।

काठमाडौं । सरकारले मन्त्रीपरिषदलाई ‘पेपरलेस’ अर्थात कागत बिहिन बनाउने नीतिअनुरुप बिहिबारदेखि सबै मन्त्रीहरुले ल्यापटप प्रयोग गर्न थालेका छन् ।

मन्त्रीपरिषद् बैठकलाई ‘पेपरलेस’ बनाउने सरकारी नीति अनुरुप प्रधानमन्त्री र मन्त्रीहरुले मन्त्रिपरिषद बैठकमा ल्यापटप प्रयोग गर्न थालेका हुन् ।

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकमा सोहि नीतिअनुसार प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले पहिलो पटक ल्यापटप प्रयोग गरे ।

मन्त्रीपरिषद् कार्यालयको सूचना प्रविधि शाखाले साउनदेखिका मन्त्रिपरिषद् बैठकमा कागज प्रयोग नगर्ने नीति अख्तियार गरेको थियो । सोहि अनुसार बिहिबारको बैठकमा पहिलो पटक कागज प्रयोग नगरि ल्यापटप प्रयोग गरिएको हो ।

सार्वजनिक तस्विर हेर्दा प्रधानमन्त्री तथा सबै मन्त्रीहरुले एप्पलको म्याकबुक प्रयोग गरेका देखिन्छन् । मिडिया रिपाेर्टहरुमा भने एप्पलको ‘म्याकबुक एयर’ प्रयोग गरिएको दाबी गरिएको छ ।

हेलो सरकारले ट्विट गरेर नै सो बारेमा जानकारी दिएको छ । ‘नेपाललाई विद्युतीय शासन प्रणालीमा रुपान्तरण गर्ने मूल ध्येयका साथ नेपाल सरकार मन्त्रीपरिषद्को बैठक आज २०७५ श्रावण १० गतेदेखि ‘क्याविनेट स्वचालित प्रणाली’ बाट प्रारम्भ गरिएको छ,’ ट्विटमा भनिएको छ ।

easy care

प्रकाशित: १० श्रावण २०७५, बिहीबार