Technology Khabar १० श्रावण २०७५, बिहीबार
काठमाडौं । ट्विटरले अप्रिलदेखि जूनको बीचमा १ लाख भन्दा बढि एप्सहरु हटाएको छ । कम्पनीको नीतिहरु उलंघन गर्ने करिब १ लाख ४३ हजार भन्दा बिढि एप्सहरुलाई हटाएको हो ।
ट्विटरले दूर्भावनापूर्ण एप्सलाई तिब्रगतिमा रोक्नको लागि उत्कृष्ट टुल्स र प्रकियाहरु निर्माण गरिरहेको घोषणा समेत गरेको छ ।
माइक्रो ब्लगिंग साइट ट्वीटरले एप्लिकेसन प्रोग्रामिंग इन्टरफेससम्म पुग्नका लागि अनुरोध गर्ने नयाँ तरिका पनि ल्याएको छ ।
ट्विटरकाअनुसार यी नयाँ परिवर्तनहरुबाट अधिक भिजिबिलिटी र नियन्त्रण मिल्नेछ, जसमा कसरी डेभलपर्सले ट्विटरको प्लेटफर्म र सार्वजनिक डाटाको उपयोग गरिरहेका भन्ने हेर्न सकिने छ ।
मिडिया रिपोर्टकाअनुसार ट्विटरले मई र जून महिनामा माइक्रो ब्लगिंग प्लेटफर्ममा बोट्स र ट्रोल हटाउनका लागि चलाएको वृहद अभियानमा ७ करोडभन्दा बढि नक्कली खाताहरु बन्द गरेको थियो । ट्विटरमा हाल ३३ करोड भन्दा बढि मानिसहरु मासिकरुपमा सक्रिय छन् ।
प्रकाशित: १० श्रावण २०७५, बिहीबार