आइएमई जनरल इन्स्योरेन्सको थप दुई शाखा कार्यालय संचालन

Technology Khabar १० श्रावण २०७५, बिहीबार

आइएमई जनरल इन्स्योरेन्सको थप दुई शाखा कार्यालय संचालन

काठमाडौं ।

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा सेवा विस्तारको दौरानमा आफ्ना थप दूई शाखा कार्यालयहरु चितवनको रत्ननगर टांडी र नवलपरासीको कावासोतीमा साउन ९ गते उद्घाटन गरेको छ।

कम्पनीको टांडी शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी र कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरे । त्यसैगरी कावासोती शाखा कार्यालयको उद्घाटन नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरे ।

कम्पनीको उद्घाटन भएको शाखासहित ४० वटा शाखा २ सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरुसहित ५२ स्थानबाट सेवा प्रदान गर्ने जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: १० श्रावण २०७५, बिहीबार

ताजा समाचार