अब सबै सरकारी कार्यालयहरुले अनिवार्यरुपमा ट्वीटर सञ्चालन गर्नुपर्ने

Technology Khabar ८ श्रावण २०७५, मंगलवार

अब सबै सरकारी कार्यालयहरुले अनिवार्यरुपमा ट्वीटर सञ्चालन गर्नुपर्ने

काठमाडौं ।

काठमाडौं । अब सबै सरकारी कार्यालयहरुले ट्वीटरमार्फत सूचना तथा जानकारी दिनुपर्ने भएको छ । सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा सामाजिक सञ्जाल ‘ट्वीटर’ (Twitter) सञ्चालन गर्ने तयारी थालेको हो । सरकारले इ-सूचना प्रणाली, डिजिटाइजेसन र इ-गर्भनेन्स लागू गराउने तयारी स्वरुप अनिवार्यरुपमा सरकारी कार्यालयले आफ्नै ट्वीटर ह्याण्डल संचालन गराउन लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको ‘हेलो सरकार कक्ष’कक्षका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायकाअनुसार सबै सरकारी निकायले जनतासमक्ष सेवा र सूचना आदानप्रदान गर्नका लागि ट्वीटर सञ्चालन गर्न तयारी थालिएको हो। उनले सेवाग्राहीहरुले सिधै जनगुनासो गर्न यसले सहयोग गर्ने बताए ।

सरकारी कार्यालयले सबैलाई सूचना प्रदान गर्न, जनगुनासो ग्रहण गर्न र आफ्ना कार्यालयका सूचना सार्वजनिक गर्न ट्वीटर सञ्चालन गर्न तयारी थालिएको उनले बताए । यसअघि सरकारको निर्देशनअनुसार सूचनाहरु आदान प्रदान गर्न र जानकारी दिन सबै सरकारी कार्यालयले सामाजिक सञ्जाल फेसबुक सञ्चालन गरिरहेका छन् ।

उपाध्यायकाअनुसार अनिवार्यरुपमा ट्वीटर सञ्चालनका लागि सरकारले ‘सरकारी निकायद्वारा ट्वीटर खाता प्रयोग गर्ने कार्यविधि, २०७५’ समेत बनाउन थालेको छ ।

उपसचिव उपाध्यायले कार्यविधिलाई चाँडै नै पारित गराई सबै कार्यालयलाई ट्वीटर खाता सञ्चालन गर्न निर्देशन दिने बताए । ट्वीटरमा प्रयोग हुने लोगो सरकारको वा संस्थाको हुनुपर्ने, ट्वीटरको पेज आकर्षण र सेवाग्राहीमैत्री हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

उनकाअनुसार हाल १० प्रतिशत कार्यालयले मात्र ट्वीटर सञ्चालन गरिरहेका छन् ।

easy care

प्रकाशित: ८ श्रावण २०७५, मंगलवार

ताजा समाचार