दराज च्याम्पियनसिप केस स्टडि अवार्ड नेपाल कमर्स क्याम्पसलाई

Technology Khabar ८ श्रावण २०७५, मंगलवार

दराज च्याम्पियनसिप केस स्टडि अवार्ड नेपाल कमर्स क्याम्पसलाई

काठमाडौं ।

काठमाडौं । दराज च्याम्पियनसिप केस स्टडिको दोस्रो संस्करणको टाइटल नेपाल कमर्स क्याम्पसले जितेको छ । केस स्टडि २०१८को फाइनलमा सात प्रतिस्पर्धिहरुलाई पछि पार्दै नेपाल कमर्स क्याम्पस पहिलो बनेको हो ।

केस स्टडि विजेता कमर्स क्याम्पसका मल्लिका कार्की, लिप्सा कर्मचार्य र शुनिता तन्डुकारको समुहले १ लाख रुपैंया पुरस्कार हात पारेको छ । त्यसै गरि एस इस्न्टीच्युट अफ मेनेजमेन्ट समुहले दोस्रो स्थान हासिल गर्दै ५० हजार तथा ब्रिटिस कलेज समुहले तेस्रो हुँदै २५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

दराज फ्यूचर लिडरशिप प्रोग्राम अन्तरगत विजयी समूहलाई १८ महिना काम गर्ने अवसर पनि दिएको छ । १८ महिनाको सफल तालिम पश्चात उनीहरुलाई दराजको व्यवस्थापन विभागमा काम गर्ने अवसर मिल्ने दराज केमु प्रालिले जनाएको छ ।

पछिल्लो वर्षको पहिलो संस्करणलाई नियमितता दिदै एस इस्न्टीच्युट अफ मेनेजमेन्टसँगको सहकार्यमा दराज केमु प्रालिले केस स्टडिको दोस्रो संस्करण आयोजना गरेको हो । प्रतिष्पर्धामा कुल २२ कलेजहरु सहभागि भएका थिए । जसमध्ये फाइनलमा पुगेका ८ वटा कलेजहरुले संयुक्त रुपमा १ लाख ७५ हजार रुपैंया नगद पुरस्कार पाएका थिए ।

Global Bank
easy care

प्रकाशित: ८ श्रावण २०७५, मंगलवार

ताजा समाचार