सामसंगको ग्यालेक्सी एस नाइन र एस नाइन प्लसमा अब एआर इमोजी उपलब्ध

Technology Khabar ८ श्रावण २०७५, मंगलवार

सामसंगको ग्यालेक्सी एस नाइन र एस नाइन प्लसमा अब एआर इमोजी उपलब्ध

काठमाडौं । सामसंगको बजारमा उपलब्ध स्मार्टफोन ग्यालेक्सी एस नाइन र एस नाइन प्लसमा नयाँ अपडेट आएको छ । कम्पनीले दिएको अपडेटमा यूजर्सका लागि एआर इमोजीको अपडेट दिईएको छ । नयाँ ईमोजीका साथमा सेक्यूरिटी अपडेट पनि यूजर्सलाई दिईएको छ ।

एआर इमोजी म्यासेज शेयर गर्न र यसलाई धेरै मानिसम्म पुर्याउनका लागि सामसंगले नयाँ माई इमोजी एडिटरको रुपमा कस्टमाइजेशनको अप्शन दिएको छ । माई इमोजी एडिटरमा यूजर्सले आफ्नो हेयर स्टाइल, स्किन टोन, स्किन कलर तथा फेशियल फीचर्सहरुलाई एडिट गर्न सक्नेछन् ।

सामसंग ग्यालेक्सी एस नाइन स्मार्टफोन यहि मार्चमा सार्वजनिक गरिएको थियो । जसमा ५.८ इन्चको क्यूएचडी प्लस सूपर एमोलेड डिस्प्ले राखिएको छ ।

प्रकाशित: ८ श्रावण २०७५, मंगलवार

Comments are closed.

Loading...