माछापुच्छ्रे बैंकद्वारा वृक्षारोपण कार्यक्रम

Technology Khabar ७ श्रावण २०७५, सोमबार

माछापुच्छ्रे बैंकद्वारा वृक्षारोपण कार्यक्रम

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा मिति साउन ७ गते टोखा नगरपालिका वडा नं. २ स्थित सपनतिर्थ मन्दिर परिसरमा वृक्षारोपण गरेको छ।

बैंकले सफा, सुन्दर र हरितमय वातावरण बनाउन टोखा नगरपालिका, प्रगतिशिल धारा सुधार समिति र सपनतिर्थ क्षेत्र विकास समिति सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ ।

वृक्षारोपण कार्यक्रमको उद्घाटन नेपाल सरकारका माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले गरे । माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले वृक्षारोपण गरी कार्यक्रममा आफ्नो सक्रिय सहभागिता जनाएका थिए ।

बैंकले ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखारहित बैकिङ्ग सेवा समेत १०६ स्थानवाट ग्राहकलाई सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको जनाएको छ।

प्रकाशित: ७ श्रावण २०७५, सोमबार

Comments are closed.

Loading...