स्प्राइटको रिफ्रेस बनायो, रिचार्ज गरायो अफर

Technology Khabar ७ श्रावण २०७५, सोमबार

स्प्राइटको रिफ्रेस बनायो, रिचार्ज गरायो अफर

काठमाडौं ।

काठमाडौं । गर्मीमा धेरै भन्दा धेरै ग्राहकहरु माझ पुगेर रिफ्रेशमेन्ट दिन कोकाकोला नेपालले लेमोन र लाइम स्वादका आफ्नो उत्पादन स्प्राईटको ‘रिफ्रेस एण्ड रिचार्ज’ नामक अफर सार्वजनिक गरेको छ । ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टाको खरीद गरि यो योजनामा सहभागी हुन सक्नेछन् । यो योजनामा ग्राहकले १० रुपैयाँदेखी ५ हजार रुपैयाँसम्मको रिचार्ज प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

कम्पनीले सो अफरको ट्याग लाइन –‘रिफ्रेस बनायो, रिर्चाज गरायो’ भन्ने नारा सहित ल्याएको हो । स्प्राइटले रिफ्रेसमात्र गराउँदैन, तपाईको फोन समेत रिचार्ज गराउँछ भनेर सो ट्याग लाइनले सार्थक पार्छ ।

योजनामा सहभागी हुन ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टा गरिद गरि लेवल पछाडिको युनिक कोडलाई Unique Code टाईप गरि ३६७६८ मा एस। एम। एस गर्नुपर्ने छ । यो योजना भाद्र १५ गतेसम्म लागु हुनेछ । योजना ५०० एमएल, १ लिटर, १.५लिटर र २.२५ लिटरका स्प्राइट, कोक तथा फ्यान्टाका बोतलमा लागु हुने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ७ श्रावण २०७५, सोमबार