प्रिमियम इलेक्ट्रिक कार निर्माता टेस्लाले अब स्मार्टफोन बनाउने, यस्तो छ डिजाइन

Technology Khabar ७ श्रावण २०७५, सोमबार

प्रिमियम इलेक्ट्रिक कार निर्माता टेस्लाले अब स्मार्टफोन बनाउने, यस्तो छ डिजाइन

काठमाडौं । प्रिमियल इलेक्ट्रिक सेडान तथा एसयूभी गाडि निर्माता कम्पनी टेस्लाले (Tesla) अब मोबाइल उत्पादनमा हात हाल्ने भएको छ ।

कम्पनीले यस बाहेक अन्तरिक्षमा रकेट पठाउने स्पेस एक्स प्रोजेक्टका साथै तिब्र गतिको यातायात प्रणाली हाइपरलुपको समेत निर्माण गरिरहेको छ ।

अब भने कम्पनीले मोबाइल क्षेत्रमा पनि आफ्नो पाईला चाल्ने भएको छ ।

हालै लीक भएको एक तस्विरकाअनुसार टेस्लाले स्मार्टफोन बनाउन लागेको हो । तस्वीरअनुसार टेस्लाको स्मार्टफोनको रियर र फ्रन्ट प्यानलको डिजाइन हेर्न सकिन्छ । यो स्मार्टफोनको कोडनेम क्वाड्रा राखिएको बताईएको छ ।

यसका साथमा सो डिभाइसको केहि जानकारीहरु समेत लीक भएको छ । यसको फ्रन्ट डिस्प्लेमा नोट देख्न सकिन्छ भने जसका साथमा ईयरपीस, प्रोक्सिमिटी तथा एम्बिएन्ट लाइट सेन्सरका साथमा फ्रन्ट क्यामरा हुनेछ । स्मार्टफोनको साइड र बटममा थिन बेजल देखिएको छ ।
कम्पनीले यो स्मार्टफोनलाई हाई स्क्रीन टू बडि रेसियोका साथमा सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

टेस्लाको यो स्मार्टफोनमा ब्याक टप लेफ्ट कर्नरमा ड्यूल क्यामरा हुनेछ भने टेस्लाको लोगो समेत राखिनेछ । यसमा अंग्रेजीमा जीफोर (G4) ब्राडिंग पनि देखिन्छ ।

यो स्मार्टफोनको हार्डवेयर र सफ्टवेयरको बारेमा अन्य जानकारीहरु भने सार्वजनिक भएको छैन् ।

प्रकाशित: ७ श्रावण २०७५, सोमबार

Comments are closed.

Loading...