रोल्स रोयसको रोबोटिक साँग्लाले हवाई जहाजको इन्जिन मर्मत गर्ने

Technology Khabar ६ श्रावण २०७५, आईतवार

रोल्स रोयसको रोबोटिक साँग्लाले हवाई जहाजको इन्जिन मर्मत गर्ने
NTC_Advt

काठमाडौं । हवाई जहाजको प्लेन र लग्जरी कार बनाउने कम्पनी रोल्स रोयसले विमानमा हुने समस्यालाई समाधान गर्न नयाँ उपाय अपनाउने भएको छ । कम्पनीले विमानमा हुने समस्यालाई छिटै समाधान गर्नका लागि कक्रोच रोबोट अर्थात साँग्ला जस्तै रोबोट बनाउने भएको छ ।

रोल्स रोयसले यस्तो रोबोट बनाउने तयारी गरिरहेको छ जून हेर्दा साँग्ला जस्तै देखिनेछ र सजिलै विमानको इन्जिनमा पसेर यसको समस्या समाधान गर्नेछ ।

रोल्स रोयसकाअनुसार यस्तो रोबोटिक कक्रोच १० मिलिमिटर लामो हुनेछ भने यसको तौल केहि ग्राम मात्र हुनेछ । प्रत्येक कक्रोचमा एउटा सानो क्यामरा जडान हुन्छ, जसले आफ्नो वरिपरिको एरियाको थ्रीडी स्क्यान गरेर म्यापिंग गर्नसक्नेछ ।

यो रोबोाटिक कक्रोचको सहयोगले इन्जिनियरहरुले सजिलैसँग प्लेनको इन्जिनमा हुने समस्या पहिचान गर्नसक्नेछन र त्यसलाई छिटै समाधान गर्न सकिनेछ ।

कम्पनीले नटिंगघम विश्वविद्यालय र हावर्ड विश्वविद्यालयसँगको सहकार्यमा यस्तो रोबोटको विकास गर्नेछ र जसलाई सानो पाईपको सहयोगमा इन्जिन भित्र पठाउन सकिनेछ ।

रोल्स रोयसका टेक्नोलोजी स्पेशलिस्ट डा जेम्स सेलकाअनुसार कक्रोच रोबोटले छिटै इन्जिनको चेम्बरमा गएर भएका समस्याहरु पत्ता लगाएर समाधान गर्न सक्नेछन् । यी रोबोटले विमानको इन्जिन मर्मतमा लाग्ने खर्च पनि कम हुने अनुमान गरिएको छ ।

हाल रोबोटिक्स कक्रोचको प्रोटोटाइप तपाई गरिएको छ भने यसलाई पूर्णरुपमा तयार गर्न दुई वर्ष लाग्ने बनाईएको छ ।

माध्यम

प्रकाशित: ६ श्रावण २०७५, आईतवार