यी हुन दूरसंचार सेवा शुल्क लाग्ने र शुल्क नलाग्ने सेवाहरु, तपाईँलाई थाहा छ ?

  • Technology Khabar | ६ श्रावण २०७५, आईतवार
यी हुन दूरसंचार सेवा शुल्क लाग्ने र शुल्क नलाग्ने सेवाहरु, तपाईँलाई थाहा छ ?

काठमाडौं ।

काठमाडौं । सरकारले साउन १ गतेदेखि इन्टरनेट सेवालगायत अन्य दूरसंचार सेवाहरुमा १३ प्रतिशत दूरसंचार सेवा शुल्क लगाएपछि नेपाली प्रयोगकर्ताहरुले महंगोमा दूरसंचार सेवा चलाउनुपरिरहेको छ ।

यसअघि दूरसंचार सेवा शुल्कभन्दा बाहिर राखिएको इन्टरनेटमा पनि सेवा शुल्क लगाएपछि यसले निकै चर्चा पाएको छ । अधिकांश प्रयोगकर्ताहरुले इन्टरनेट महंगो भएको गुनासो गरिरहेपछि अन्य दूरसंचार सेवाहरु पनि महंगिएको छ । तर नेपाली प्रयोगकर्ताहरुलाई कुन सेवामा दूरसंचार सेवा शुल्क लाग्दछ भन्ने जानकारी नभएको हुँदा थाहा नहुनसक्दछ ।

हामी यहाँ नेपालीहरुले प्रयोग गर्ने कुन कुन सेवामा १३ प्रतिशत दूरसंचार सेवा शुल्क लाग्दछ र कुन कुन सेवामा यस्तो शुल्क लाग्दैन भन्ने जानकारी दिँदैछौं ।

नेपाल दूरसंचार प्राधिकरणले दूरसंचार सेवा शुल्क लाग्ने र नलाग्ने सेवाहरुको वर्गिकरण गरेको छ । सो वर्गिकरणअनुसार अधिकांश दूरसंचार सेवाहरुमा शुल्क लाग्दछ भने सो सेवाहरुमा आधारित अन्य सेवाहरुमा भने शुल्क लाग्दैन् ।

यी हुन दूरसंचार सेवा शुल्क लाग्ने सेवाहरु-

मोबाइल सेवा (भ्वाइस र डाटा दूबै)

फिक्स्ड लाइन टेलिफोन सर्भिस (जसलाई ल्याण्डलाइन भनेर बुझिन्छ)

अन्तराष्ट्रिय ट्रंक टेलिफोन सेवा

जीएमपीसिएस (स्याटेलाइट फोन सेवा)

भीस्याट (इन्टरनेट र टेलिफोन दूबै)

भिडियो कन्फ्रेन्सिंग सेवा

प्रि-पेड कलिंग कार्डहरु

त्यसैगरि इन्टरनेट सेवा प्रदायकहरुले दिने सेवाहरुमध्ये इन्टरनेट बाहेकका गैर दूरसंचार सेवाहरुमा १३ प्रतिशत दूरसंचार सेवा शुल्क लाग्दैन् ।

यी हुन गैर दूरसंचार सेवाहरु-

वेब सर्भिस लोकेसन

होस्टेड सर्भिस

डिजास्टर रिकभरी

म्यानेज्ड सर्भिस

डाटा सेन्टर

क्लाउड सर्भिस

दूरसंचार सेवा शुल्क लाग्नेमध्ये मोबाइल सेवाको भ्वाइसमा यसअघि केबल ११ प्रतिशत मात्र शुल्क लाग्दथ्यो भने नयाँ बजेटमार्फत सरकारले साउन १ गतेदेखि त्यसमा समेत २ प्रतिशत वृद्धि गरेर १३ प्रतिशत पुर्याएको हो ।

साउन १ गतेदेखि मोबाइल तथा ल्याण्डलाइनबाट फोन गर्दा पनि तपाईँले १३ प्रतिशत दूरसंचार सेवा शुल्क तिर्नुपर्दछ ।

प्रकाशित: ६ श्रावण २०७५, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • ६ श्रावण २०७५, आईतवार

NOC from Nagarik App

  • ६ श्रावण २०७५, आईतवार

E-pension verification system launched

  • ६ श्रावण २०७५, आईतवार