अब यूट्यूबमा पनि ह्यासट्यागको सुविधा, भिडियो खोज्न सहज हुने

काठमाडौं । यूट्यूबले आफ्नो सेवामा ह्यासट्याग प्रयोग गर्ने भएको छ । यसअघि फेसबुक, ट्वीटरमा ह्यासट्याग प्रयोगको लोकप्रियतालाई ध्यानमा राख्दै यूट्यूबले पनि आफ्नो च्यानलमा ह्यासट्याग राखेको हो ।

भिडियो स्ट्रीमिंग प्लेटफर्मले अब भिडियो अपलोड गर्नेहरुलाई उनीहरुको डिस्क्रिप्शन र भिडियो टाइटलमा ह्यासट्याग जोड्ने अनुमति दिनेछ । यूट्यूबकाअनुसार ह्यासट्यागमा जोडिएपछि भिडियो खोज्न सहज हुनेछ ।

यूट्यूबको वेब र एन्ड्रोयड दूबैमा ह्यासट्याग निलो रंगमा देखिनेछ, जून प्लेयर विण्डोभन्दा ठिक तल हुनेछ । यसले हाइपरलिंक्सको जस्तै काम गर्नेछ ।

प्रयोगकर्ताहरुले त्यसमा क्लिक गरेर सो विषयमा खोजी भएका भिडियोहरु हेर्नसक्नेछ ।

यस्तो ह्यासट्याग भिडियो टाइटलभन्दा माथि तीन वटा मात्र हेर्नसकिनेछ ।

यूट्यूबले हालै हयासट्याग प्रयोग गर्ने नीति लिस्टमा राखेको छ, जसमा गलत कन्टेन्टहरु, अपमानजनक,र दूव्र्यवहार गरिएका विषयहरुलाई समावेश गरिनेछैन् ।

यदि तपाइँले पनि यूट्यूबको पछिल्लो संस्करण प्रयोग गरिरहनुभएको छ भने यो ह्यासट्याग फीचर नेपाली प्रयोगकर्ताहरु, अपलोडरहरुले पनि हेर्न सक्नेछन् ।