सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा बुढानिलकण्ठ नगरपालिकामा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ बुढानिलकण्ठको वडा नं ८ हात्तिगौंडामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । हात्तिगौंडा शाखाको उद्धघाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ र बुढानिलकण्ठ नगरपालीकाका मेयर उद्धव प्रसाद खरेलज्यूले गरे ।

शाखा उद्धघाटन पश्चात् बैंकको काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको जनाएकोछ ।