ह्वाट्सएपमा एउटा म्यासेज अब पाँच पटक भन्दा फवार्ड गर्न नपाईने

Technology Khabar ४ श्रावण २०७५, शुक्रबार

ह्वाट्सएपमा एउटा म्यासेज अब पाँच पटक भन्दा फवार्ड गर्न नपाईने

काठमाडौं ।

काठमाडौं । ह्वाट्सएपको माध्यमबाट गलत समाचारहरु भाइरल भएको समस्याका बिचमा ह्वाट्सएपले नयाँ फीचर ल्याउने भएको छ । भारतमा फेक न्यूज भाइरल हुँदा कयौं मानिसहरुको हत्या भईसकेको छ, जसलाई ध्यानमा राखेर ह्वाट्सएपले नयाँ फीचर ल्याएको हो ।

कम्पनीले एपको फर्वाडिंग फीचरमा पनि पुरै परिवर्तन गर्ने घोषणा गरेको छ । कम्पनीले ह्वाट्सएप फवार्ड फीचरलाई विश्वभरमा नै लिमिट गर्ने घोषणा गरेको छ जून सबै यूजर्सका लागि लागू हुनेछ । तर भारतमा भने यो फीचरलाई अझ सिमित गरिएको छ । भारतमा ह्वाट्सएपमा आएका कुनैपनि म्यासेजलाई पाँच पटक भन्दा बढि अर्को मानिसलाई फवार्ड गर्न नसकिने फीचर ल्याउने भएको हो ।

हाल ह्वाट्सएपले यो फीचर परिक्षणको रुपमा ल्याउन लागेको हो ।

कम्पनीले शुक्रबार एक स्टेटमेन्ट जारी गर्दै भनेको छ, ‘भारतमा अन्य मुलुकहरुको भन्दा बढि म्यासेज, फोटोहरु, भिडियोहरु अर्को यूजर्सलाई फवार्ड गर्ने गरिएकोछ, हामी केबल पाँच वटा च्याटलाई मात्र फवार्ड गर्न सकिने गरि सिमित गर्ने परिक्षण गरिरहेका छौं र हामी क्वीक फवार्ड बटन नेक्टलाई हटाउनेछौं ।’

यसअघि ह्वाट्सएपले एउटै म्यासेजलाई कयौंपटक फवार्ड गरेर पठाउन सकिने फीचर केहि बर्षअघि थप गरेको थियो ।

भारतमा अहिलेसम्म ह्वाट्सएपमार्फत फैलिएको बच्चा चोरीको फेक न्यूजका कारण ३० भन्दा बढि मानिसहरुको हत्या भईसकेको छ । जसमा ह्वाट्सएपमा आउने भाइरल म्यासेजलाई मूख्य दोष दिईएको छ ।

यसैलाई ध्यानमा राखेर भारतीय सरकारले समेत ह्वाट्सएपलाई यस्तो म्यासेज रोक्नका लागि ससक्त कदम चाल्न अनुरोध गरिसकेको छ ।
भारतमा मात्र ह्वाट्सएपका २ करोड भन्दा बढि प्रयोगकर्ता रहेका छन् ।

माध्यम

easy care

प्रकाशित: ४ श्रावण २०७५, शुक्रबार