१५ पटक झर्दापनि मोबाइलको डिस्प्ले सूरक्षित हुने, कोर्निंगले सार्वजनिक गर्यो गोरिल्ला ग्लास सिक्स

काठमाडौं । मोबाइल फोनको डिस्प्लेलाई सुरक्षित बनाउने कम्पनी कोर्निंगले नयाा गोरिल्ला ग्लास लन्च गरेको छ । कम्पनीले गोरिल्ला ग्लासको छैठौं भर्सन सार्वजनिक गरेको हो ।

कोर्निंगका वैज्ञानिकहरुले पूर्णरुपमा नयाँ वस्तुलाई बनाउन सक्षम भएको बताईएको छ, जसले कयौंचोटी खसेपनि राम्रो सुरक्षा दिनसक्नेछ ।
परिक्षणमा गोरिल्ला ग्लास सिक्सलाई १ मिटरको उचाईबाट १५ पटक झार्दापनि कुनै समस्या देखिएन् । यो भनेको यसअघिको गोरिल्ला ग्लास ५ भन्दा करिब दोब्बरले राम्रो हो ।

गोरिल्ला ग्लास सिक्समा प्रयोग गरिएको केमिकलको समिश्रण यसअघिको गोरिल्ला ग्लास फाइभ भन्दा फरक रहेको बताईएको छ, जसले गर्दा यसको बहन क्षमता अधिक वृद्धि भएको छ । गोरिल्ला ग्लास सिक्स फुट्नबाट थप ससक्त हुने बताईएको छ ।

कोर्निंगकाअनुसार अधिकांश मानिसहरुले आफ्नो मोबाइल फोन वर्षमा सात पटक झार्ने गर्छन, जसमध्ये ५० प्रतिशत भन्दा बढिले १ मिटरको उचाईबाट फोन झार्ने गर्दछन् । कोर्निंगले आफ्नो सुरक्षा ग्लास ४५ भन्दा बढि मूख्य ब्राण्डका ६ विलियन भन्दा बढि डिभाइसहरुमा प्रयोग गरिसकेको जानकारी दिएको छ ।

नयाँ ग्लास कोर्निंगले मोबाइल फोन उत्पादकहरुलाई उपलब्ध गराउन शुरु गरिसकेको छ, जून ह्याण्डसेटहरुमा आउनका लागि केहि महिना लाग्दछ ।