Technology Khabar ३ श्रावण २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । यूरोपेली संघले टेक कम्पनी गूगललाई बजारमा आफ्नो पहिलो स्थानको दूरुपयोग गरेको आरोपमा ४.९ बिलियन अमेरिकी डलर जरिवाना लगाएको छ । कम्पनीलाई यो जरिवानाका साथमा आफ्नो लोकप्रिय एन्ड्रोयड मोबाइल अपरेटिंग सिस्टममा प्रतिस्पर्धीलाई छेक्ने गतिबिधि रोक्न समेत आदेश दिएको छ ।
यो जरिवाना कम्पनीले आफ्नो वर्चश्व कायम राख्नका लागि अन्य प्रतिस्पर्धिलाई बजारबाट बाहिर राख्ने कार्य गरेको आरोपमा लगाईएको हो ।
यो जरिवाना रकम गत वर्ष गूगललाई तिर्न भनिएको जरिवाना रकम भन्दा करिब दोब्बरले बढि हो । गतवर्ष अनलाइन सपिंग सर्च सेवामा प्रतिस्पर्धीहरुलाई विभेद गरेको भन्दै २.४ विलियन यूरो जरिवाना तोकिएको थियो ।
त्यसैगरि फोन निर्माता कम्पनीहरुलाई फोनमा क्रोम ब्राउजर प्रिइन्स्टल गराउनका लागि गूगलले दबाब दिएको आरोप लगाईएको छ ।
यो जरिवानाले यूरोपेली संघ र अमेरिकाबीच व्यापार समस्या शुरु हुने आशंका समेत गरिएको छ।
यो जरिवाना विरुद्ध कम्पनीले अपिल गर्ने बताईएको छ।
प्रकाशित: ३ श्रावण २०७५, बिहीबार