यस्तो छ सामसंग ग्यालेक्सी नोट नाइन, पहिलो पटक लाइभ इमेज ‘लीक’

Technology Khabar २ श्रावण २०७५, बुधबार

यस्तो छ सामसंग ग्यालेक्सी नोट नाइन, पहिलो पटक लाइभ इमेज ‘लीक’
ग्यालेक्सी नोट ९

काठमाडौं ।

काठमाडौं । सामसंग ग्यालेक्सी नोट नाइन आधिकारिकरुपमा सार्वजनिक हुनुभन्दा पहिले नै यसको बारेमा विभिन्न जानकारीहरु आईरहेका छन् । हालै ग्यालेक्सी नोट नाइनलाई नयाँ एस पेनका साथको तस्विर लीक भएको छ ।

प्रेस रेण्डर तस्विरअनुसार डिभाइसको फ्रन्ट तथा ब्याक साइडमा केहि परिवर्तन भएको छ । रेण्डरअनुसार क्यामरा मोड्यूललाई क्यामरा सेटअपको साइडको स्थानमा तल राखिनेछ । नोट ८ को जस्तै नोट नाइनमा पनि ड्यूल रियर क्यामरा सेन्सर राखिएको छ ।

यसको फिंगरप्रिन्ट सेन्सर नोट ८ को भन्दा सानो हुने अनुमान गरिएको छ ।

सामसंग ग्यालेक्सी नोट नाइनमा ड्यूल अर्पाचर लेन्स हुनेछ भने एलईडी फ्ल्याश मोड्यूलका साथमा आउनेछ ।

यसको साथमा आउने एस पेनलाई पनि देखाईएकोछ ।

सामसंग ग्यालेक्सी नोट नाइनमा सामसंगको एक्सनोज ९८१० प्रोसेसरका साथै स्न्यापड्रागन प्रोसेसर प्रयोग गरिनेछ भने एन्ड्रोयड ८ ओरियोमा आधारित हुनेछ ।

Global Bank
easy care

प्रकाशित: २ श्रावण २०७५, बुधबार

ताजा समाचार