याहू मेसेन्जर सँधैका लागि बन्द, प्रयोगकर्ताले आफ्नो च्याट हिस्ट्री डाउनलोड गर्न पाउने

Technology Khabar १ श्रावण २०७५, मंगलवार

याहू मेसेन्जर सँधैका लागि बन्द, प्रयोगकर्ताले आफ्नो च्याट हिस्ट्री डाउनलोड गर्न पाउने

काठमाडौं ।

काठमाडौं । वेबमा पहिलो इन्ट्यान्ट मेसेन्जरको रुपमा आएको याहू मेसेन्जर मंगलबारदेखि पूर्णरुपमा बन्द भएको छ । याहूले यसअघि नै जूलाई १७ तारिखदेखि याहू मेसेन्जर सँधैका लागि बन्द गर्ने घोषणा गरे अनुसार नै आज मंगलबारदेखि बन्द भएको हो ।

याहू मेसेन्जर मंगलबारसम्म प्रयोग गर्न सकिएपनि त्यसपछि भने यसमा च्याटिंग गर्न वा कुनै सर्भिस प्रयोग गर्न सकिँदैन् । तर प्रयोगकर्ताहरुले यसको हिस्ट्री डाउनलोड गर्न भने सक्नेछन् ।

याहूले आफ्ना लोयल कस्टमरहरुको लागि भनेर यसको हिस्ट्री ६ महिनासम्म डाउनलोड गर्न सक्ने सुविधा दिएको छ ।

कम्पनीले याहू मेसेन्जर चलाईरहेका प्रयोगकर्ताहरुका लागि नयाँ अप्सनमा जानसक्ने सुविधा दिएको छ । त्यसको लागि नयाँ मेसेजिंग एप याहू स्क्वीरलमा प्रयोग गर्न सक्नेछन् । हाल यसको बीटा भर्सन उपलब्ध छ ।

याहूले मेसेन्जर बन्द भएपनि यूजर्सको एकाउन्ट आईडीमा कुनै फरक नपर्ने भन्दै मेल तथा अन्य विषयहरु पहिलेको जस्तै चलाउन सकिने जानकारी दिएको छ।

याहूले सन् १९९८ मा पेजरको रुपमा ल्याएको मेसेन्जर सन २००३ सम्म १७ मिलियन मानिसहरुले प्रयोग गर्ने गर्दथे तर कम्पनीले अहिले भने याहू मेसेन्जरलाई सँधैका लागि बन्द गरेको छ।

easy care

प्रकाशित: १ श्रावण २०७५, मंगलवार