Technology Khabar ३२ असार २०७५, सोमबार
काठमाडौं ।
काठमाडौं । डिश मिडिया नेटवर्कले सिम टिभि खरिद गर्ने सम्झौता गरेको छ ।
डिश मिडिया नेटवर्क लिमिटेड र सिम्पल मिडिया नेटवर्क सिम टीभी संचालक समितिको संयुक्त बैठकले सिम टीभीलाई डिश मिडिया नेटवर्क लिमिटेडले किन्ने गरि खरिद सम्झौता भएको हो ।
सो खरिद सम्झौताअन्तर्गतको शेयर खरिद निकट भविष्यमै सम्पन्न हुने कम्पनीले जनाएको छ । यसका साथै सिम टीभीको व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्कले लिने भएको छ ।
सन् २००९ मा स्थापना भएको डिश होम नेपालको पे टीभी इन्डष्ट्रिमा काम गरिरहेको सबैभन्दा ठुलो कम्पनीको रुपमा रहेको छ । ०७४ असार १८ बाट यो कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भइ सकेको छ र निकट भविष्यमा सर्वसाधारणका लागि शेयर समेत निष्काशन गर्ने तयारीमा छ ।
सिम टीभी भने नेपालमा मल्टि सर्भिस अपरेटरको रुपमा बजार बिस्तार गरिरहेको संस्था हो ।
सिम टीभीका प्रमुख कार्यकारी अधिकृत ज्याकी शाहले डिश मिडिया नेटवर्कले सिम टीभीको खरिद पछि टिभी हेराईको गुणस्तरिय अनुभव अझ धेरै ग्राहकहरु तथा आवद्ध लोकल केवल अपरेटरहरुको पहुँचमा पुग्ने बताए ।
नयाँ प्रविधिको प्रयोग, आक्रामक बजार विस्तार, पूर्ण डिजिटलाइजेसन र चुस्त व्यवस्थापनमा अझ जोड दिएर ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्ने डिश मिडिया नेटवर्कले जनाएको छ ।
प्रकाशित: ३२ असार २०७५, सोमबार