सिटिजन्स बैंकको ४ नयाँ शाखा संचालनमा

Technology Khabar ३१ असार २०७५, आईतवार

सिटिजन्स बैंकको ४ नयाँ शाखा संचालनमा

काठमाडौं ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ४ नयाँ शाखाहरु संचालनमा ल्याएको छ ।

बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले कम्प्यूटरमा क्लिक गरी प्युठानको झिमरुक, पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा र अछामको ढकारीमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

सरकारले वित्तीय पहँुच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरेको छ । यसलाई मुर्त रुप प्रदान गर्न यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले थप ४ वटा शाखाहरु संचालनमा ल्याएको छ ।

बैंकले यहि आ.व. २०७४।७५ मा नवलपरासीको भुमही, मकवानपुरको मनहरी, बर्दियाको बढैयाताल, झापाको हल्दिबारी, महोत्तरीको औरहि, हुम्लाको सर्केगाड, कास्कीको सिमलचौर, इलामको माङसेबुङ, सोलुखुम्बुको लिखु पिके, रामेछापको सुनापती, काभे्रको तिमाल, सिन्धुलीको हरिहरपुरगढी, धनकुटाको खाल्सा छिन्ताङ सहीदभूमि र दाङको बंगलाचुली गरि कुल १४ शाखाहरु संचालनमा ल्याइसकेको छ ।

निकट भविष्यमानै बैंकले कैलालीको मोहन्याल, काठमाडौँको टोखा र थानकोटमा थप शाखा संचालन गर्ने योजना अगाडी सारेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले जानकारी गराए ।

बैंकले ७८ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

easy care

प्रकाशित: ३१ असार २०७५, आईतवार