यस्तो हुनेछ सामसंग ग्यालेक्सी नोट नाइन, अगस्त ९ मा सार्वजनिक हुँदै

काठमाडौं । सामसंगको बहुप्रतिक्षित स्मार्टफोन आगामी महिना सार्वजनिक हुने तयारीमा छ । सामसंगको नयाँ आउने फोन ग्यालेक्सी नोट नाइन (Galaxy Note 9) यहि अगस्त ९ तारिखमा न्यूयोर्कमा आयोजित इभेन्टमा सार्वजनिक हुनेछ । हालै यो फोनको मूल्य र यसका हुने फीचरहरुको बारेमा नयाँ जानकारी आएको छ ।

ग्यालेक्सी नोट नाइन यसअघिको ग्यालेक्सी नोट ८ को अपग्रेडको रुपमा आउनेछ । ग्यालेक्सी नोट नाइनमा ६.४ इन्चको कभ्र्ड सूपर एमोलेड इन्फिनिटी डिप्ले राखिनेछ भने यो फोनमा हेडफोन ज्याक पनि राखिएको छ ।

पछिल्लो लीक रिपोर्टअनुसार यो फोन पाँच कलर भेरिएन्टमा लन्च हुनेछ जसमा ब्लू, ब्ल्याक, ब्राउन, लेभेण्डर र ग्रे हुनेछ ।

यो फोन ६ जीबी र्याम र १२८ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने ८ जीबी र्याम भर्सनमा पनि आउनेछ, जसको आन्तरिक स्टोरेज ५१२ जीबी हुनेछ ।

फोनमा क्वालकम स्न्यापड्रागन ८४५ र सामसंग एग्जिनस ९८१० प्रोसेसर राखिनेछ ।

ग्यालेक्सी नोट नाइनमा ड्यूल रियर क्यामरा हुनेछ भने पावरका लागि ४,००० एमएएचको ब्याट्री क्षमता हुनेछ ।

Leave a Reply