सरकारको ट्वीटर ह्याण्डल “हेलो सरकार’ ट्वीटबाट जवाफ दिनेमा विश्वमै उत्कृष्ट तेस्रो स्थानमा

काठमाडौं । नेपाल सरकारको आधिकारीक ट्वीटर एकाउन्ट विश्वको सबैभन्दा बढि जवाफ दिने ट्वीटर (Twitter) ह्याण्डलमध्येमा परेको छ । नेपाल सरकारले चलाउँदै आएको हेलो सरकार(@Hello_Sarkarको ट्वीटर विश्वभरको ‘मस्ट कन्भर्सेसनल वल्र्ड लिडर्स २०१८’ मा परेको छ ।

नेपाल सरकारले गूनासो सुन्न र त्यसको समाधान गर्नका लागि संचालन गरेको आधिकारीक ट्वीटर ह्याण्डल हो- हेलो सरकार । हालै सार्वजनिक ट्वीप्लोमेसी २०१८ (https://twiplomacy.com/blog/twiplomacy-study-2018/) रिपोर्टमा नेपाल सरकारको आधिकारिक ट्वीटर ह्याण्डल उत्कृष्ट तीनमा परेको छ । हेलो सरकारले आफूलाई मेन्सन गरिएका मध्ये ९० प्रतिशत जवाफहरु फर्काउने गरेको सो रिपोर्टमा उल्लेख छ ।

सो रिपोर्टमा विश्वमा सबैभन्दा धेरै जवाफ दिने सरकारी ट्वीटरमा नेदरल्याण्ड सरकारको ट्वीटर ह्याण्डल रहेको छ जसले ९७ प्रतिशत जवाफ ट्वीटरमा दिने गरेको छ भने दोस्रो नम्बरमा बेलायती सरकारको ट्वीटर ह्याण्डल रहेको छ। जसले ९५ प्रतिशत ट्वीटको जवाफ दिने गरेको छ ।

त्यस्तै चाैथाे स्थानमा रुवाण्डाका राष्ट्रपतिको आधिकारिक ट्वीटर ह्याण्डल रहेको छ भने पाँचौं नम्बरमा न्यूजिल्याण्डका प्रधामन्त्रीको ट्वीटर ह्याण्डल रहेको छ । छैठौं नम्बरमा सर्वियाको प्रधामन्त्रीको ट्वीटर, सातौं नम्बरमा नर्वेका प्रधानमन्त्री, आठौं नम्बरमा ग्वाटेमालाका राष्ट्रपति र १० औं नम्बरमा पोल्याण्डका राष्ट्रपतिको ट्वीटर ह्याण्डल रहेको छ । १० नम्बरमा रहेका पोल्याण्डका राष्ट्रपतिको ट्वीटर ह्याण्डलबाट ४० प्रतिशत मात्र जवाफ दिईने गरेको सो रिपोर्टमा उल्लेख छ ।

त्यस्तै विश्वमा सबैभन्दा धेरै फलो गरिने नेताहरुको सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीजि ट्वीटर ह्याण्डल रहेको छ भने दोस्रो स्थानमा भेटिकन सिटीका पोप फ्रान्सिसको रहेको छ । यो सूचीको तेस्रो स्थानमा छिमेकी मुलुकका प्रधानमन्त्री नरेन्द्र मोदिको व्यक्तिगत ट्वीटर ह्याण्डल रहेको छ ।

यो सूचीमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्याण्डल पीएम नेपाल (https://twitter.com/PM_Nepal) १४३ औं स्थानमा परेको छ, जसलाई ३ लाख ७० हजारले फलो गर्दछन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको अर्को ट्वीटर ह्याण्डल (https://twitter.com/kpsharmaoli) त त्यो भन्दा पनि निकै पछाडि १६८ स्थानमा रहेको छ, जसलाई २ लाख ९७ हजार भन्दा केहि बढिले फलो गर्ने गरेका छन् ।

Leave a Reply