सिटिजन्स बैंक र पानस रेमिट बिच रेमिटेन्स सम्झौता

Technology Khabar २७ असार २०७५, बुधबार

सिटिजन्स बैंक र पानस रेमिट बिच रेमिटेन्स सम्झौता

काठमाडौं ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पानस रेमिट प्रालि बिच युरोपलगायत अन्य मुलुकबाट नेपालमा बैंकिङ्ग प्रणालि मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ ।

सम्झौता बमोजिम अब पानस रेमिटमार्फत युरोप, अमेरिका, अस्ट्रेलिया र मध्य पूर्वी देशहरुबाट नेपालमा पठाएको विपे्रषण रकम नेपालमा रहेका आफन्तहरु तथा अन्य व्यक्तिहरुले सहज रुपमा सिटिजन्स बैंकको नेपाल भर रहेको ७४ वटा शाखाबाट सहज रुपमा भुक्तानी पाउन सक्नेछन् ।

सो सम्झौता पत्रमा बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले तथा पानस रेमिटका प्रमुख कार्यकारी अधिकृत धर्म राज पौडेलले हस्ताक्षर गरे ।

सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना ७४ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

easy care

प्रकाशित: २७ असार २०७५, बुधबार