Technology Khabar २६ असार २०७५, मंगलवार
काठमाडौं । नेपालमा अनलाइन तथा मोबाइल एपमार्फत होटल सेवा दिँदै आएको ओयोले भारतको मुम्बईको इन्टरनेट अफ थिंग्स (आईओटी) को क्षेत्रमा काम गर्ने कमपनी एबल प्लसको अधिग्रहण गरेको छ ।
नयाँ अधिग्रहणबाट भारतीय कम्पनी ओयोले आफ्नो प्रौद्योगिकी क्षमतालाई अझ उत्कृष्ट बनाउने बताईएको छ ।
कम्पनीद्धारा जारी विज्ञप्तिमा कम्पनीका मुख्य प्रौद्योगिकी अधिकारी अनिल गोयलले भने, हामी एबल प्लसको अधिग्रहणबाट निकै खुशी भएका छौं । हामी भारतीय तथा विश्व होटल क्षेत्रमा आईओटीको प्रयोग गर्नेमा शीर्ष स्थानमा रहने तर्फ बढेका छौं। यसको विश्वभर असर देखिनेछ ।
आईओटीको प्रयोगबाट ग्राहकहरुले कयौं सुविधाहरु प्राप्त गर्न सक्नेछन् । होटलमा आफैं चेकइन गर्न सकिनेछ भने आईओटी सर्भर स्मार्ट लकको सुविधा उपलब्ध गराउन पनि सक्षम हुनेछ ।
नेपालमा पनि ओयोले ३५ भन्दा बढि होटलका ६ सय कोठाहरु उपलब्ध गराईरहेको छ, जसको लागि कम्पनीले केहि साता अघि मात्र ईसेवासँग बुकिंग र भुक्तानीको लागि सहकार्य गरेको थियो ।
कम्पनीले यो सेवा विश्वभर नै दिनसक्ने संकेत दिएको हुँदा नेपाली होटलहरुमा पनि आगामी दिनमा ओयोले आईओटीको प्रयोग गर्ने अनुमान गर्न सकिन्छ ।
प्रकाशित: २६ असार २०७५, मंगलवार