यी हुन् राष्ट्रिय सूचना प्रविधि केन्दको कार्यकारी निर्देशकका दाबेदारहरु

Technology Khabar २६ असार २०७५, मंगलवार

यी हुन् राष्ट्रिय सूचना प्रविधि केन्दको कार्यकारी निर्देशकका दाबेदारहरु

काठमाडौं ।

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रको रिक्त रहेको कार्यकारी निर्देशकका लागि १२ जनाले आवेदन दिएका छन् ।

केन्द्रको रिक्त रहेको कार्यकारी निर्देशकमा सरकारले खुला प्रतिस्पर्धाबाट छनौट गर्ने प्रकृयाअनुसार संचार तथा सूचना प्रविधि मन्त्रालयले सो पदका लागि आवेदन माग गरेकोमा १२ जनाको संक्षिप्त छनौट सूची सार्वजनिक गरेको छ ।

मन्त्रालयका सहसचिव रामचन्द्र ढकालको संयोजकत्वमा मन्त्रालय समक्ष सिफारिस गर्न सिफारिस समिति गठन गरिएको छ ।

सो सूचीमा छनौट भएका आवेदकहरुले केन्द्रका लागि व्यावसायिक कार्ययोजना प्रस्तुती दिनुपर्ने हुन्छ भने अन्तर्वार्तामा समेत सहभागी हुनुपर्नेछ । सो प्रकृयामार्फत समितिले तीन जनाको नाम सिफारिस गरेपछि मन्त्रालयले सो पदमा आवेदकहरुमध्ये कुनै एकलाई नियुक्त गर्नेछ ।

सो सूचीमा अनुप बाँस्कोटा, कपिल देव श्रेष्ठ, कुमार पुडासैनी, कृष्ण प्रसाद पौडेल, गणेश गौतम, डिल्ली प्रसाद चौधरी, रामेश्वर सुवेदी, रेग बहादुर भण्डारी, विनोद ढकाल, सविन उपाध्याय, सुनिल पौडेल र सुरेश कुमार कर्ण छन् ।

easy care

प्रकाशित: २६ असार २०७५, मंगलवार