ग्लोबल साइबर सेक्युरिटी समिट आयोजना हुँदै, साइबर थ्रेट बारे छलफल हुने

Technology Khabar २६ असार २०७५, मंगलवार

ग्लोबल साइबर सेक्युरिटी समिट आयोजना हुँदै, साइबर थ्रेट बारे छलफल हुने
NTC_Advt

काठमाडौं ।

काठमाडौं । नेपालमा ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ आयोजना हुने भएको छ । इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टिम(एनपीसर्ट)ले साउन ११ र १२ गते नेपालमा ग्लोबल साइबर सेक्युरिटी समिट गर्न लागेको हो।

समिटमा भारत, चीन, अमेरिका र अष्ट्रेलियाका साइबर सेक्यूरिटी विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने आयोजक संस्थाले मंगलरबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

विश्वमा द्रुतगतिमा विस्तार भैरहेको डिजिटलाईजेशन र त्यसले ल्याएको साइबर सेक्युरिटीको चुनौतीबारे समिटमा विस्तृत अन्तरक्रिया हुनेछ । समिटले मानिसहरुलाई सूचना सूरक्षाको बारेमा जागरुक गर्नुका साथै नेपालमा ससक्त सुरक्षा दस्ता निर्माण गर्न मद्धत गर्ने आयोजकले जानकारी दिएको छ ।

वर्तमान साइबर सेक्यूरिटी ट्रेण्डको अध्ययन र छलफलबाट साइबर सेक्यूरिटी थ्रेटहरुलाई रोक्न ससक्त आधार तयार पार्ने एनपीसर्टका अध्यक्ष चिरञ्जीवी नेपालले बताए ।

समिटमा नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी(नाष्ट), नेपाल बैंकर संघ, कम्प्युटर एसोसियसन अफ नेपाल, इन्टरनेट सोसाईटी नेपाल च्याप्टर लगायतको सहभागीता रहनेछ ।

समिटको पूर्वसंध्यामा नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी(नास्ट)ले एक दिने प्रि–समिट कार्यशाला आयोजना गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित: २६ असार २०७५, मंगलवार