९ घण्टा ब्याट्री ब्याकअप भएको माइक्रोसफ्टको ‘सरफेस गो’ ट्याबलेट सार्वजनिक

काठमाडौं । माइक्रोसफ्टले नयाँ ट्याबलेट बजारमा सार्वजनिक गरेको छ । कम्पनीले सरफेस ब्राण्डमा नयाँ ट्याबलेट ल्याएको हो ।

सरफेस गो ट्याबलेटमा १० इन्चको डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन १८००x१२०० पिक्सेल छ । यसमा ३ः२ एस्पेक्ट रेशियो छ ।
ट्याबलेटमा यूएसबी सी ३.१ पोर्ट राखिएको छ जसले चार्ज तथा हेडफोन ज्याकको रुपमा काम गर्दछ ।

सरफेस गो ट्याबलेटको दुई संस्करण उपलब्ध जसमध्ये एउटा ४ जीबी र्याम तथा ६४ जीबीको आन्तरिक स्टोरेज छ भने अर्को ८ जीबी र्याम तथा १२८ जीबीको आन्तरिक स्टोरेज राखिएको छ ।

दुबै ट्याबमा वाईफाई सपोर्ट उपलब्ध छ । यसको एलटिई भर्सन भने आगामी वर्ष आउने बताईएको छ ।

माइक्रोसफ्ट सरफेस गो ट्याबमा इन्टेलको पेन्टियम गोल्ड ४४१५वाई प्रोसेसर राखिएको छ । पावरका लागि ९ घण्टाको ब्याट्री ब्याकअप राखिएको छ । माइक्रोसफ्ट सरफेस गो ट्याबलेट विण्डोज १० एस मोड अपरेटिंग सिस्टममा आधारित छ ।

यी ट्याबहरुमध्ये ४ जीबी र्याम भएको मोडलको मूल्य ३९९ अमेरिकी डलर छ भने ८ जीबी र्याम भएको मोडलको मूल्य ५९९ अमेरिकी डलर तोकिएको छ । यी डिभाइसहरु सिग्नेचर बिल्ट-इन किकस्ट्याण्डका साथमा आउँछ ।

यसका साथै माइक्रोसफ्टले सरफेस गो ट्याबका लागि नयाँ एसेसरिजहरु पनि सार्वजनिक गरेको छ । कम्पनीले वायरलेस माउस ३५ अमेरिकी डलरमा, टाइप कभर ९९ अमेरिकी डलर र सरफेस पेन ९९ अमेरिकी डलरमा ल्याएको छ ।

माध्यम