सिटिजन्स बैंक इन्टरनेसनल र दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर बीच सहकार्य

Technology Khabar २६ असार २०७५, मंगलवार

सिटिजन्स बैंक इन्टरनेसनल र दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर बीच सहकार्य

काठमाडौं ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर, चाबहिलबीच स्वास्थ्य सेवामा सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र अस्पतालका म्यानेजिङ्ग डाइरेक्टर सुरज बलाया श्रेष्ठले सो सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले ७४ वटा शाखा, ७० वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २६ असार २०७५, मंगलवार

ताजा समाचार