विद्युतिय सवारी चार्जिंग प्वाइन्ट पूर्वाधारका लागि बेलायतले ५३१ मिलियन डलर लगानी गर्ने

Technology Khabar २५ असार २०७५, सोमबार

विद्युतिय सवारी चार्जिंग प्वाइन्ट पूर्वाधारका लागि बेलायतले ५३१ मिलियन डलर लगानी गर्ने

काठमाडौं । बेलायतले विद्युतिय सवारी साधनको प्रबद्र्धन गर्न लगानी वृद्धि गर्ने भएको छ । बेलायतले विद्युतिय कार पूर्वाधारका लागि ५३१ मिलियन डलर रकम खर्च गर्ने भएको हो ।

सो रकम चार्जिंग प्वाइन्टहरु उत्पादन र जडान गर्ने कम्पनीहरुका लागि खर्च गरिने बताईएको छ, जसले उपभोक्ताहरुलाई अहिलेको कार्बन उत्सर्जन गर्ने गाडिहरुबाट विद्युतिय सवारीमा लैजान उत्साहित गर्नेछन् ।

सडकमा पार्किग गर्ने क्षेत्रहरुका नयाँ सडक बत्तिहरुमा पनि चार्जिंग प्वाइन्ट बनाउने र न्यून लागतको वायरलेस चार्जिंग टेक्नोलोजी विकास गर्नका लागि ४० मिलियन पाउण्डको कार्यक्रम घोषणा गरिएको बेलायतका यातायात सेक्रेटरी क्रिस ग्रेलिंगले सार्वजनिक गरे ।

नयाँ योजना सरकारको सन् २०४० सम्म पेट्रोल र डिजेलबाट चल्ने नयाँ गाडिहरुको बिक्री रोक्ने गरि आएको हो ।

यो रकमले स्वच्छ र स्वस्थ्य वातावरण बनाउने मात्र नभई बेलायतको आर्थिक वृद्धिमा पनि सहयोग गर्ने ग्रेलिंगले सरकारको रोड टू जिरो रणनितीअन्तरगत आएको बताए ।

बेलायतमा विद्युतिय कारहरुको आम स्विकारयोग्य बनाउनका लागि चार्जिंग प्वाइन्टहरुको अभाव मूख्य अबरोधको रुपमा देखिएको छ, जसले गर्दा परम्परागत गाडिहरुभन्दा लामो यात्राका लागि असहज भएको छ ।

यसका साथै बेलायत सरकारले अटोमेटेड एण्ड इलेक्ट्रिक भेहिकल्स विद्येयक मार्फत पनि चार्जिंग प्वाइन्टहरु विभिन्न स्थानहरुमा उपलब्ध हुने प्राबधान ल्याउने छ ।

TK Viber

प्रकाशित: २५ असार २०७५, सोमबार

Loading...