वान प्लस स्मार्टफोनमा २ वर्षसम्म नियमित सफ्टवेयर अपडेट

Technology Khabar २५ असार २०७५, सोमबार

वान प्लस स्मार्टफोनमा २ वर्षसम्म नियमित सफ्टवेयर अपडेट
Global IME Bank

काठमाडौं ।

काठमाडौं । वान प्लसले आफ्ना स्मार्टफोनहरुमा २ बर्ष नियमित रुपमा अपडेट दिने जानकारी दिएको छ । कम्पनीले विश्वका सबै वानप्लस यूजरका साथै नेपाली यूजरलाई पनि नियमित अपडेटका साथै हरेक २ महिनामा एन्ड्रोइड सेक्युरिटी १ बर्षसम्म अपग्रेड गर्ने सुविधा दिने भएको हो ।

वान प्लस ३ सार्वजनिक भएसँगै कम्पनीले अपडेटको लागि पुस गर्ने गरेको छ । वान प्लसले सफ्टवेयर मेन्टिनेन्सको लागिसमेत समयको तालिका दिदै आएको छ ।

वान प्लस फोरमका अनुसार वान प्लस ३ देखि कम्पनीले २ बर्ष नियमित रुपमा अपडेट दिने गरेको छ । जसमा नयाँ–नयाँ फिचरहरु थपगर्ने, एन्ड्रोइड भर्सनको अपग्रेड गर्ने, एन्ड्रोइड सेक्युरीटि र बगहरु फिक्स गर्ने जस्ता सुविधा दिदै आएको हो ।

‘वान प्लस ५, वानप्लस ५ टी र भर्रखरै लञ्च भएको वानप्लस ६का साथै करिब २ बर्ष अगाडि ल्याएको वानप्लस ३ र वानप्लस ३ टी मा समेत सफ्टवयर अपडेट र सेडिउल मेन्टिनेन्स सुविधा दिने भएको छ,’ नेपालमा वान प्लस बिक्री गर्दै आएको आईहबका मार्केटिङ मेनेजर धिरेन्द्र कुशवाहले भने ।

वान प्लस कष्टुमर अपरेटिङ सिस्टम ‘अक्सिजन’को डिजाइन सुबिधा र अनुकुलता सहित परिमार्जन गरिएको कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: २५ असार २०७५, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार