पासवर्डद्धारा सुरक्षित गरिँदैनन् ५० प्रतिशत स्मार्टफोनहरु, तपाईँको स्मार्टफोनमा के छ ?

Technology Khabar २४ असार २०७५, आईतवार

पासवर्डद्धारा सुरक्षित गरिँदैनन् ५० प्रतिशत स्मार्टफोनहरु, तपाईँको स्मार्टफोनमा के छ ?

काठमाडौं ।

काठमाडौं । तपाईँ आफ्नो स्मार्टफोनमा भएका डाटा सुरक्षित गर्न के गर्नुहुन्छ ? सजिलो र भरपर्दो उपाय भनेको स्मार्टफोनलाई पासवर्ड वा अन्य तरिकाबाट लक गर्ने ।

तर विश्वमा अधिकांश मानिसहरुका स्मार्टफोन सुरक्षित नभएको रिपोर्ट बाहिर आएको छ । स्मार्टफोन प्रयोग गर्नेहरु अधिकतम समय फोनमा पासवर्ड वा चोरीबाट बच्नको लागि प्रविधिको उपयोग गर्दैनन् ।

हालै आएको एक रिपोर्टअनुसार विश्वका स्मार्टफोन प्रयोगकर्ताहरुमध्ये ५० प्रतिशतभन्दा बढिले स्मार्टफोनमा सुरक्षाको लागि पासवर्ड प्रयोग गर्दैनन् ।

रुसमा आधारित साइबर सेक्योरिटी कम्पनी कास्पर्सकी ल्याबले गरेको एक सर्वेक्षणअनुसार ४८ प्रतिशत भन्दा कम प्रयोगकर्ताहरुले मात्र आफ्ना डिभाइसहरु पासवर्डबाट सुरक्षित गर्ने गरेका छन् । त्यस्तै करिब १४ प्रतिशत मानिसहरुले मात्र अनधिकृत उपयोगबाट आफ्नो फोनलाई सुरक्षा गर्न त्यसमा भएको फाइल वा फोल्डरलाई इन्क्रिप्सन गर्ने गरेका छन् ।

कास्पर्सकी ल्याबका उत्पादन विभागका उपाध्यक्ष दमित्री अलेशिनले भने, हामी सबै आफ्नो सम्पर्क स्थापना गर्ने डिभाइसलाई मन पराउँछौं किनकी त्यसमार्फत हामीलाई जरुरी सूचनाहरु प्राप्त हुन्छ । तर त्यहि डिभाइस कुनै अपराधीले फेला पारेमा त्यसको दूरुपयोग गर्न सक्दछ ।
यो रिपोर्टलाई आधार मान्दा अधिकांश स्मार्टफोन प्रयोगकर्ताहरुको डाटा चोरी हुने वा गलत प्रयोग हुने संभावना रहेको छ ।

कास्पर्सकीकै रिपोर्टअनुसार ६९ प्रतिशत भन्दा अधिक मानिसहरुलाई डाटा चोरीको समाचारले तनाव दिने गरेको छ । अझ लगातार यस्तो समाचार आउँदा उनीहरुलाई झनै समस्या हुने गरेको छ ।

त्यसैले तपाईँको डिभाइसमा पनि सजिलो होस भनेर पासवर्ड वा अन्य सुरक्षाका उपायहरु प्रयोग गर्नुभएको छैन् भने तत्काल सुरक्षित बनाउनुहोस्।

नत्र भने तपाईँपनि डाटा ब्रिचिंग अर्थात स्मार्टफोनको डाटा चोरी हुने वा गलत प्रयोग हुने समस्यामा पर्न सक्नुहुनेछ ।

Global Bank
easy care

प्रकाशित: २४ असार २०७५, आईतवार

ताजा समाचार