तीन नयाँ आइफोन विभिन्न कलर अप्सनमा आउने, यसअघिको भन्दा सस्तोमा किन्न पाईने

Technology Khabar २२ असार २०७५, शुक्रबार

तीन नयाँ आइफोन विभिन्न कलर अप्सनमा आउने, यसअघिको भन्दा सस्तोमा किन्न पाईने

काठमाडौं ।

काठमाडौं । टेक कम्पनी एप्पलले यो वर्ष सार्वजनिक गर्ने नयाँ आइफोनको बारेमा विभिन्न रिपोर्टहरु आईनै रहेका छन यहि बीचमा मिंग ची कुओले केहि परिवर्तनसहित आउने नयाँ आइफोनको मूल्यको बारेमा रिपोर्ट सार्वजनिक गरेका छन् ।

कुओका अनुसार ६.५ इन्चको ओएलईडी आइफोन मोडलको मूल्य आइफोन एक्सको जत्ति नै हुने बताएका छन् । नयाँ आइफोनको मूल्य करिब १००० अमेरिकी डलर हुने संभावना छ । यो आइफोनमा ड्यूल सिम सपोर्ट राखिनसक्ने बताईएको छ ।

त्यस्तै ६.१ इन्चको अर्को आइफोन जसमा एलसिडी डिस्प्ले हुनेछ र यो पनि आइफोन एक्सकै डिजाइनमा आउने छ जसलाई बजेट आइफोनको रुपमा कम्पनीले सार्वजनिक गर्नेछ । यो सस्तो आइफोनको मूल्य करिब ७०० अमेरिकी डलर हुने अनुमान गरिएको छ ।

यसका साथै उनले आइफोनले सार्वजनिक गर्ने कलर अप्सनको बारेमा पनि उल्लेख गरेका छन् । उनकाअनुसार ६.५ इन्चको आइफोन ब्ल्याक, ह्वाइट र संभवत गोल्ड कलर अप्सनमा आउनेछ ।

त्यस्तै ६.१ इन्चको एलसिडी आइफोन ग्रे, ह्वाइट, ब्लू, रेड र अरेन्ज कलर अप्सनमा आउनेछ । उनले एलसिडी आइफोनको मोडल गोल्ड कलरमा नआउने र यो केबल हाइएण्डको आइफोनमा मात्र हुने संभावना औंल्याएका छन् । यसअघि नै नयाँ आइफोनको प्रोटोटाइप लीक भएको थियो जसमा गोल्ड कलर अप्सन देखाईएको थियो ।

६.१ इन्चको आइफोनमा हुने कलर रेन्जले यसअघिको आइफोन ५सीको झल्को दिनेछ जतिबेला कम्पनीले विभिनन रंगसहितका फोनहरु ल्याएको थियो ।

यसका साथमा एप्पलले अर्को ५.८ इन्चको आइफोन एक्स पनि सार्वजनिक गर्ने अनुमानहरु निकै समयअघिदेखि चलिरहेका छन् । एप्पलले तीन नयाँ आइफोन मोडलहरु सार्वजनिक गर्ने रिपोर्टहरु आईरहेका छन जसमा ६.१ इन्चको एलसिडी आइफोन सस्तो मोडलको रुपमा आउनेछ ।

त्यसैगरि कुओले सन् २०१९ को लागि आइफोनको बिक्री अनुमान पनि गरेका छन् । उनले सस्तो आइफोनका कारण धेरै माग हुनेहुँदा यसको नाफामा पनि वृद्धि हुने उल्लेख गरेका छन् ।

माध्यम

easy care

प्रकाशित: २२ असार २०७५, शुक्रबार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार