सामसंगको एन्ड्रोयडमा आधारित फ्लिप फोनमा ड्यूल क्यामरा राखिने

Technology Khabar २१ असार २०७५, बिहीबार

सामसंगको एन्ड्रोयडमा आधारित फ्लिप फोनमा ड्यूल क्यामरा राखिने

काठमाडौं ।

काठमाडौं । सामसंगले अगस्तमा आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी नोट नाइन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सो फोनको बारेमा जानकारीहरु आईरहेको छ तर यसैबीचमा कम्पनीको नयाँ फोनको बारेमा रिपोर्ट बाहिर आएको छ ।

सामसंगले फ्लिप गर्न सकिने किसिमको स्मार्टफोन बनाईरहेको छ । हालै बाहिर आएको एक रिपोर्टअनुसार सन् २०१९ मा सामसंगले सार्वजनिक गर्ने फ्लिप फोनको नाम सामसंग ग्यालेक्सी डब्लू२०१९ (Samsung W2019) हुनेछ ।

यो फोनको कोडनाम प्रोजेक्ट लाइकान राखिएको छ भने यो स्मार्टफोनमा ड्यूल क्यामरा लेन्स हुने अनुमान गरिएको छ ।

यो स्मार्टफोनको क्यामरा एन नाइन प्लसमा भएको जस्तै ड्यूल स्न्यापर फीचर सहित आउनेछ । फोनमा १२ मेगापिक्सेलको मूल्य क्यामरा हुनेछ भने अको १२ मेगापिक्सेलको टेलीफोटो सेन्सर हुनेछ ।

सामसंगको नयाँ फ्लिप फोन ग्यालेक्सी एस १० र एस १० प्लस लन्च हुनुभन्दा अगाडि हुने अनुमान गरिएको छ ।

यसअघि कम्पनीले फ्लिप फोनको रुपमा ग्यालेक्सी डब्लू२०१८ सार्वजनिक गरेको थियो तर त्यसमा ड्यूल क्यामरा फीचर थिएन् ।

माध्यम

easy care

प्रकाशित: २१ असार २०७५, बिहीबार