रिलायन्सले सार्वजनिक गर्यो जियोफोन २ फीचर फोन, ह्वाट्सएप, फेसबुक, यूट्यूब सपोर्ट गर्ने

Technology Khabar २१ असार २०७५, बिहीबार

रिलायन्सले सार्वजनिक गर्यो जियोफोन २ फीचर फोन, ह्वाट्सएप, फेसबुक, यूट्यूब सपोर्ट गर्ने

काठमाडौं ।

काठमाडौं । भारतीय टेक कम्पनी रिलायन्स जियोले नयाँ फीचर फोन सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो ४१ औं वार्षिक साधारण सभाको अवसर पारेर जियोफोन २ (JioPhone 2) सार्वजनिक गरेको हो ।

यसअघि सार्वजनिक भएको जियोफोनको अपग्रेडेड भर्सनको रुपमा कम्पनीले जियोफोन २ लन्च गरेको हो ।

जियोफोन २ लाई ब्ल्याकबेरीको लुकमा प्रस्तुत गरिएको छ, जसमा क्वार्टी कीप्याड उपलब्ध छ । यो फोन भारतीय बजारमा अगस्त १५ तारिखदेखि उपलब्ध हुनेछ जसको बजार मूल्य २,९९९ भारु तोकिएको छ ।

यसका साथै कम्पनीले मनसून धमाका अफर पनि ल्याएको छ । यो अफरमा कस्टमरलले कुनैपनि फीचर फोन एक्सचेन्ज गरेर जियोफोन किन्दा उसले केलब ५०१ भारुमा नै सो फोन प्राप्त गर्नेछ ।

डिस्प्ले

जियोफोन २ यसअघिको पुरानो फोनभन्दा निकै फरक छ । नयाँ फोनमा क्वार्टी कीप्याड राखिएको छ भने बीचमा नेभिगेसन प्याड पनि छ ।
जियोफोन २ मा क्यूभीजीए डिस्प्ले २.४ इन्चको राखिएको छ ।

र्याम र स्टोरेज

जियोफोन २ मा ५१२ जीबीको र्याम तथा ४ जीबीको आन्तरिक स्टोरेज रहेको छ । यसको स्टोरेजलाई एसडी कार्डको माध्यमबाट १२८ जीबीसम्म बढाउन सकिन्छ ।

क्यामरा

यो फोनमा फोटो खिच्नका लागि २ मेगापिक्सेलको रियर क्यामरा छ भने सेल्फीका लागि ०.३ मेगापिक्सेलको भीजीए फ्रन्ट क्यामरा राखिएको छ । दुबै क्यामराले भिडियो रेकर्डिग गर्न सक्दछ ।

अन्य फीचर

जियोफोन २ केएआई ओसमा आधारित रहेर कामगर्दछ भने कनेक्टिभिटीका लागि फोरजी भीओएलटिई, ब्लूटूथ, एफएम रेडियो, जीपीएस, वाईफाई, एनएफसी जस्ता फीचरहरु छन् ।

फोनमा पावरको लागी २,००० एमएएचको ब्याट्री छ ।

जियोफोन २ फीचर फोन भएपनि यसले ह्वाट्सएप, फेसबुक, यूट्यूब सपोर्ट गर्दछ । यी तीनै एपहरुले विशेषगरि जियोफोनकोलागि डिजाइन गरिएको हो ।

यसका साथै जियोफोनमा पनि यी तीनैवटा एप सपोर्ट छ ।

easy care

प्रकाशित: २१ असार २०७५, बिहीबार