माछापुच्छ्रे बैंकको २ नयाँ शाखा संचालनमा

Technology Khabar २० असार २०७५, बुधबार

माछापुच्छ्रे बैंकको २ नयाँ शाखा संचालनमा
Classic Tech
Nepal Telecom

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले २ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकले असार १८ र १९ गते धनुषाको नागराइन नगरपालिका स्थित फुलगामामा र सप्तरीको अग्रिसाइर कृष्ण सावरण गाउँपालिका स्थित माहुली शाखा कार्यालय संचालनमा ल्याएको छ ।

सो शाखाहरुको उद्घाटन पूर्व सभासद तथा बैंकका पूर्व अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले क्रमशः नागराइन नगरपालिकाका मेयर प्रमेश्वर यादव र अग्रिसाइर कृष्ण सावरण गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीसंग संयुक्त रुपले गरे ।

नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै, धनुषाको धारापानीमा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको जनाएकोछ ।

TK Viber

प्रकाशित: २० असार २०७५, बुधबार

Comments are closed.

Loading...