एप्पलको ६.१ इन्चको आइफोन निकै सस्तो मूल्यमा आउने

Technology Khabar १९ असार २०७५, मंगलवार

एप्पलको ६.१ इन्चको आइफोन निकै सस्तो मूल्यमा आउने

काठमाडौं ।

काठमाडौं । एप्पल सेप्टेम्बरमा हुने इभेन्टमा तीन नयाँ आइफोनहरु सार्वजनिक गर्ने संभावना रहेको छ । एप्पलको नयाँ फोनहरुको बारेमा विश्लेषक मिंग ची कुओकाअनुसार तीन नयाँ आइफोनहरु मध्ये एप्पलको यसअघिको आइफोन एक्सको जस्तै एज टू एज डिजाइनमा आउनेछन् ।

यसका साथै यी तीनै फोनहरुमा अनलकिंग तथा पेमेन्ट अन्थेटिकेसनका लागि फेस आइडी राखिनेछ ।

कुओकाअनुसार तीन नयाँ आइफोनमध्ये एउटा एलसिडी डिस्प्ले र अरु दुई आइफोनमा ओएलईडी डिस्प्ले राखिनेछ । एससिडी डिस्प्ले भएको आइफोन यसअघिको आइफोन एक्स जस्तै डिस्प्ले डिजाइनमा आउनेछ ।

एलसिडी आइफोनमा ६.१ इन्चको डिस्प्ले हुने बताईएको छ । सस्तो आइफोनका कारण एप्पलको आइफोनको बिक्रीमा वृद्धि हुने बताईएको छ ।

कुओले यो सस्तो आइफोनको फीचर र मूल्यको बारेमा समेत जानकारी दिएका छन् ।उनकाअनुसार ६.१ इन्चको एलसिडी आइफोनको मूल्य ६०० देखि ७०० अमेरिकी डलरको बिचमा हुने अनुमान छ ।

नयाँ आइफोनमा फास्ट चार्जका साथै ड्यूल सिम सपोर्ट हुने अनुमान समेत गरिएको छ ।

easy care

प्रकाशित: १९ असार २०७५, मंगलवार