सिटिजन्स बैंक र स्टार हस्पिटल बिच सहकार्य

Technology Khabar १९ असार २०७५, मंगलवार

सिटिजन्स बैंक र स्टार हस्पिटल बिच सहकार्य

काठमाडौं ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र स्टार हस्पिटल, सानेपा बिच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले तथा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले हस्ताक्षर गरे । सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले स्टार हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने बैंकले जनाएको छ ।

easy care

प्रकाशित: १९ असार २०७५, मंगलवार