Technology Khabar १८ असार २०७५, सोमबार
काठमाडौं ।
काठमाडौं । एलजीले नेपाली बजारमा डुएल फ्रिज टेक्नोलोजी युक्त रेफ्रिजेरेटर नेपाली बजारमा भित्र्याएको छ।
सोफ्रिजमा डुएल फ्रिज टेक्नोलोजीले फ्रिजरलाई ६८ मिनेटमा फ्रिजमा बदल्ने कम्पनीले जानकारी दिएको छ । साथै फ्रिजको क्षमता पनि वृद्धि गर्न सकिन्छ ।
कम्पनीकाअनुसार फ्रिजमा भएको एउटा बटमलाई थिचेर फ्रिजको क्षमतालाई १.४ गुणासम्म बढाएर ३ सय ३१ लिटरबाट ४ सय ५८ लिटरसम्म बनाउन सकिन्छ । जसले ग्राहकहरुलाई आवश्यकता अनुसार आफ्नो खाना तल तथा माथिको भागमा राख्न सक्नुको साथै ठूलो रेफ्रिजेरेटर किन्दा लाग्ने मूल्यको बचत हुने कम्पनीको दाबी छ ।
यसका साथै रेफ्रिजेरेटरमा इन्भर्टर लिनिएर कम्प्रेसर रहेको छ । जसले खानालाई १४ दिनसम्म ताजा राख्दछ । साथै यसमा डोर कुलिङ विशेषता पनि रहेको छ, जसले ३५ प्रतिशत सम्म खानेकुरालाई चाँडो चिसो पार्ने कम्पनीले जनाएको छ ।
प्रकाशित: १८ असार २०७५, सोमबार