तयार भयो सूचना प्रविधि ऐनको मस्यौदा, यस्तो छ ऐनमा समावेश विषयहरु

Technology Khabar १७ असार २०७५, आईतवार

तयार भयो सूचना प्रविधि ऐनको मस्यौदा, यस्तो छ ऐनमा समावेश विषयहरु
फाइल
Classic Tech

काठमाडौं । सरकारले सूचना प्रविधि क्षेत्रको लागि नयाँ सूचना प्रविधि ऐन ल्याउने तयारी गरेको छ । सरकारको तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरिरहेको सूचना प्रविधि ऐनको मस्यौदा अन्तिम अवस्थामा रहेको छ ।

मन्त्रालयले यसअघिको मस्यौदा ऐनलाई नै संसोधन गरेर समयसापेक्ष परिवर्तन गरिएको जानकारी दिएको छ । मन्त्रालयका सूचना प्रविधि महाशाखा प्रमुख बिरेन्द्र मिश्रले नयाँ ऐनको अन्तिम मस्यौदा तयार भएको जानकारी दिए ।

‘हामीले सूचना प्रविधि ऐनको अन्तिम मस्यौदा तयार पारेका छौं, अब सुझाव संकलन गर्नका लागि सरोकारबाला निकायहरुमा पठाउँछौं र त्यसपछि विधेयकको रुपमा अगाडि बढ्नेछ,’ सहससचिव मिश्रले मोबाइल्सखबरसँग भने ।

उनकाअनुसार यसअघिको मस्यौदा ऐनलाई नै समयानुकुल परिवर्तन गरेर मस्यौदाको रुपमा तयार पारिएको छ । नयाँ आउने ऐनलाई छाता ऐनको रुपमा ल्याउन खोजिएको सहचिव मिश्रले बताए ।

के छ नयाँ सूचना प्रविधि ऐनमा ?

सूचना प्रविधि ऐनमा हालको विद्युतीय कारोबार ऐनमा रहेको विद्युतीय कारोबार तथा डिजिटल हस्ताक्षर सम्बन्धी प्रावधानहरुलाई समायानुसार अध्यावधिक गरिएको, विद्युतीय शासन सम्बन्धि, डोमेन नाम दर्ता तथा व्यवस्थापन सम्बन्धि, सूचना प्रविधि व्यवसाय सम्बन्धि, सूचना सुरक्षा सम्बन्धि, साइबर सुरक्षा सम्बन्धि सेवा प्रदायक सम्बन्धि र समायानुसार अध्यावधिक साइबर कसूर तथा सजाय सम्बन्धिलगायत थप प्रावधानहरु राखिएको छ ।

नयाँ ऐनमा साइबर अपराधको विषयमा पनि छुट्टै भाग राखिएको छ, जसमा साइबर अपराधको व्याख्या, वर्गिकरण र त्यसको लागि आवश्यक दण्डलगायतको बारेमा व्याख्या गरिएको छ ।

यो ऐनमा सूचना प्रविधिको लागि आवश्यक कानूनी कार्य अर्थात अर्ध न्यायिक निकायको रुपमा सूचना न्यायाधिकरणको कल्पना गरिएको छ, जसले यस विषयमा परेका मुद्धा मामलाहरुको निरुपण गरेर फैसला सुनाउन सक्नेछ । यस्तो अर्ध न्यायिक निकायमा नियुक्त हुने व्यक्तिहरुको न्यूनतम योग्यता समेत ऐनमा नै लेखिएको छ ।

TK Viber

प्रकाशित: १७ असार २०७५, आईतवार

Loading...