यस्तो डिजाइनमा आउँछ शाओमीको एमआई मिक्स ३ स्मार्टफोन

Technology Khabar १७ असार २०७५, आईतवार

यस्तो डिजाइनमा आउँछ शाओमीको एमआई मिक्स ३ स्मार्टफोन

काठमाडौं ।

काठमाडौं । शाओमीको नयाँ स्मार्टफोन एमआई मिक्स ३ को इमेज सार्वजनिक भएको छ । कम्पनीले एमआई मिक्स ३ ल्याउने चर्चासँगै नयाँ फोनको तस्विर लिक भएको हो । तर अहिलेसम्म यो डिभाइसको बारेमा केहि स्पष्ट जानकारी आएको छैन् ।

यसअघि कम्पनीले एमआई मिक्स बेजेल लेस फोन ल्याउन शुरु गरेको थियो जसलाई निरन्तरता दिँदै कम्पनीले एमआई मिक्स टू सार्वजनिक गरेको थियो ।

हाल ल्याउन लागेको एमआई मिक्स थ्रीमा फोन बिना कुनै बेजेलको देखिएको छ । यो फोनमा यसअघि आएको फोनहरु भन अधिक स्क्रीन टू बडि रेसियो हुनसक्ने अनुमान गरिएको छ ।

रिपोर्टकाअनुसार यो फोनमा ओप्पो र भीभोको जस्तै पपअप सेल्फी क्यामरा हुनसक्नेछ । यदि पपअप सेल्फी क्यामरा भएमा फोन केहि मोटो हुनसक्नेछ । तर अहिले हेर्दा यसको डिजाइन एमआई मिक्स २एसको जस्तै छ ।

के होला स्पेशिफिकेशन

शाओमी मि मिक्स ३ मा क्वालकम स्न्यापड्रागन ८४५ प्रोसेसर प्रयोग गरिनेछ भने फोनमा ८ जीबी र्याम र २५६ जीबीको इंबिल्ट स्टोरेज हुनसक्नेछ । एन्ड्रोयड ८.१ मा आधारित हुने फोन कहिले आउँछ भन्ने जानकारी छैन् ।

यो फोन बजारमा छिटै आउन सक्ने संभावना रहेको बताईएको छ ।

Global Bank
easy care

प्रकाशित: १७ असार २०७५, आईतवार

ताजा समाचार