नाला सफा गर्दा प्राइमरी केवल चुँडिएपछि टेलिफोन सेवा अवरुद्ध

Technology Khabar १७ असार २०७५, आईतवार

नाला सफा गर्दा प्राइमरी केवल चुँडिएपछि टेलिफोन सेवा अवरुद्ध

काठमाडौं ।

काठमाडौं । झापाको व्यापारिक केन्द्र बिर्तामोडमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । बिर्तामोड नगरपालिकाले मुक्तिचोक उत्तरको दुबै तर्फको नाला सफा गर्ने क्रममा टेलिफोनको प्राइमरी केवल चुँडिएपछि टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बिर्तामोडका वरिष्ठ इञ्जिनियर सुधिरकुमार शर्माले जानकारी दिए।

उनकाअनुसार ३ ठाउँमा प्राइमरी केवल चुँडिदा १ हजार २ सय सय ल्याण्डलाइन टेलिफोन अवरुद्ध भएको हो ।

‘प्राइमरी वायर काटिँदा टेलिफोन सेवा अवरुद्ध भएको छ, मर्मतको काम भइरहेको छ, चाँडै सेवा सुचारु गर्न प्रयास गरिरहेका छौँ’, उनले भने ।

टेलिफोनको तार ‘अण्डरग्राउण्ड’ गरिएको र नगरपालिकाले नाला सफा गर्ने कामको जानकारी नगराएकाले केबल चुँडिएको टेलिकम बिर्तामोडका कार्यालय प्रमुख निरन जोशीले बताए ।

यता, बिर्तामोड–५ का वडाध्यक्ष राजेन्द्र लिङ्देनले नालामुनी टेलिफोनको तार रहेको कुरा जानकारी नभएकाले तार चुँडिएको बताए ।
‘तार छ भन्ने थाहा भएन, नगरपालिकामा जानकारी गराएका छौँ’, उनले भने ।

Global Bank
easy care

प्रकाशित: १७ असार २०७५, आईतवार

ताजा समाचार