शाओमीले ल्यायो गेमिंग क्रेजीहरुका लागि स्मार्ट माउस प्याड

Technology Khabar १५ असार २०७५, शुक्रबार

शाओमीले ल्यायो गेमिंग क्रेजीहरुका लागि स्मार्ट माउस प्याड
NTC_Advt

काठमाडौं । चिनियाँ टेक कम्पनी शाओमीले पछिल्लो केहि महिनामा गेमिंग ल्यापटप, गेमिंग माउस र गेमिंग स्मार्टफोन सार्वजनिक गरेको छ । यहि बेला कम्पनीले फेरी एमआई माउस प्याड र एमआई स्मार्ट माउस प्याड लन्च गरेको छ ।

यी दुबै उत्पादनहरु गेमिंगका के्रजीहरुलाई ध्यानमा राखेर कम्पनीले ल्याएको हो ।

एमआई स्मार्ट माउस प्याड एडिस्नल फीचर वायरलेस चार्जिंग तथा आरजीबी लाइटिंगका साथमा आउँछ ।

शाओमीको माउसप्याडको क्रमशः मूल्य ४९ चिनियाँ यूआन तथा २५९ यूआन रहेको छ ।

शाओमी एमआई स्मार्ट माउस प्याडलाई क्यूआई वायरलेस चार्जिंगका साथमा सार्वजनिक गरिएको छ । शाओमीकाअनुसार यसले एमआई मिक्स २एस तथा क्यूआई वायरलेस चार्जिंगलाई सपोर्ट गर्ने किसिमको स्मार्टफोन चार्ज गर्न सकिन्छ ।

यसमा बिल्ट इन तापमान कन्ट्रोल टेक्नोलोजी छ जसले डिभाइसको फुल चार्ज भएपछि चार्जिंगलाई बन्द गरिदिन्छ ।

त्यस्तै एमआई माउस प्याडमा कुनै स्मार्ट फीचर राखिएको छैन् । शाओमीले यसमा निकै स्मूथ सर्फेस कोटिंग दिएको छ, जसको प्रयोग माउसमा सेन्सरको कार्यदक्षता र स्पीड ट्र्याकिंगमा नियन्त्रण गर्नु हो ।

शाओमीका दुबै उत्पादन क्राउडफण्डिंग प्लेटफर्ममा बिक्रीका लागि उपलब्ध छन् ।

प्रकाशित: १५ असार २०७५, शुक्रबार