एलजी साप्ताहिक लक्की ड्र विजयीको नाम घोषणा

Technology Khabar १५ असार २०७५, शुक्रबार

एलजी साप्ताहिक लक्की ड्र विजयीको नाम घोषणा

काठमाडौं ।

काठमाडौं । एलजीको नेपालका लागि विक्रेता एलजी लाइफस्टाईल मेगा स्टोरले साप्ताहिक लक्की ड्र अन्तरगत उपहार विजेताको नाम घोषणा गरेको छ ।

कम्पनीले मंगलबार एक कार्यक्रमको आयोजना गरी विजेताहरुको नाम घोषणा गरेको हो । हरेक हप्ता १ जनालाइ एउटा ४३ इन्चको टिभि लक्की ड्रमार्फत दिने निर्णय सहित कम्पनीले हेटौडा र रामेछापका गरी २ जना लक्की ड्र विजयीको नाम घोषणा गरेको हो ।

कम्पनिले विश्वकपको दौरान १ महिनामा ४ जनालाई लक्की ड्रमार्फत विजेता घोषणा गर्ने निर्णय अनुसार उक्त आयोजना गरेको हो ।

पहिलो हप्ताको लक्की ड्र विजेता हेटौडाका राजकुमार राज र दोस्रो हप्ताका विजयी सोनम तामाङलाई विजयी घोषणा गरेको कम्पनीले जनाएको छ।

Global Bank
easy care

प्रकाशित: १५ असार २०७५, शुक्रबार

ताजा समाचार