Technology Khabar १४ असार २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले नेपाली बजारमा ओपो एफसेवेनको नयाँ भेरिएन्ट एफ सेवेन यूथ सार्वजनिक गरेको छ । कम्पनीले नयाँ फोन सनराइज रेड, मुनलाइट सिल्भर र डायमण्ड ब्ल्याक गरी तीन भिन्न रंगमा उपलब्ध हुने जानकारी दिएको छ ।
यूवा लक्षित नयाँफोन ओपोद्वारा प्रमुख प्रायोजन गरिएको चर्चित डान्स रियालिटी शो बुगिवुगीको मञ्चमार्फत सार्वजनिक गरिएको हो ।
एफसेवेन यूथमा एआई ब्यूटी २.० प्रविधिका साथै सुपर फुल स्क्रिनपनि उपलब्ध गराईएको छ ।
कम्पनीले एफसेवेन यूथको मूल्य ३१ हजार ५ सय ९० रुपैयाँ निर्धारण गरेको जनाएको छ ।
‘ओपो एफसेवेन र एफसेवेन ६ जीबी सार्वजनिक गरेदेखि नै हरतवरले यूवा लक्षित तथा निर्मित एफसेवेनको नयाँ भेरिएन्ट पनि सार्वजनिक गर्न हामीलाई निरन्तर माग र अनुरोध प्राप्त भइरहेको थियो । यही मागलाई दृष्टिगत गर्दै हामीले एफसेवेन अन्तर्गत नयाँ भेरिएन्ट एफसेवेन यूथ सार्वजनिक गरेका छौँ, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।
यस्ता छन विशेषताहरु-
नयाँ एआई २.० ब्यूटी प्रविधि
ओपो एफसेवेनमा उपलब्ध गरिएको ब्यूटी प्रविधि अहिले यूवाहरु माझ निकै लोकप्रिय छ । यही प्रविधि कम्पनीले एफसेवेन यूथमा पनि उपलब्ध गरेको छ । एफसेवेन यूथमा उपलब्ध गरिएको एआई २.० ब्यूटी प्रविधिले अनुहारका २ सय ९६ फेसियल पोइण्ट्स ‘क्याप्चर’ गरी अनुहारलाई क्षेत्रमा विभाजन गर्दै विस्तृत ब्यूटी परिमार्जन सेवा उपलब्ध गराउँछ । यसले प्रयोगकर्ताका तस्विरलाई थप प्राकृतिक र उत्कृष्ट देखाउन मद्दत गर्छ ।
फोटो परिमार्जन र सोसियल सेयरिङका लागि पनि ओपो एफसेवेन यूथमा विशेष ध्यान दिइएको छ । फोनमा फोटोलाई रोचक बनाउन एआर स्टिकर फञ्शन पनि ईनब्यूल्ट रुपमा उपलब्ध गरिएको छ । यी स्टिकरहरु फ्रण्ट र रियर दुबै फोटोग्राफीका लागि प्रयोग गर्न सकिन्छन् । साथै, भिडियो रेकर्डिङका लागि पनि यो सुविधा उपलब्ध गरिएको छ । फोनमा एआई एल्बम पनिउपलब्ध गरिएको छ ।
नयाँ डायमण्ड ब्ल्याक डिजाइन
बजारमा उपलब्ध अधिकांश फोनको डिजाइनमा करिव करिव उस्तै समानता भइरहेको बेला ओपोले एफसेवेन यूथको माध्यमबाट यूवा लक्षित नौलो डिजाइन फोनलाई दिएको छ । फोनमा कम्पनीले उडिरहेका हिरा झैँ देखिने थ्रीडी छवीको प्रयोग गरेको छ ।
यसमा रहेका आकृति र सतहको ‘ग्लास फिल’ले फोनलाई प्रिमियम लुक्स प्रदान गरेको छ । प्रकाशको कोणका आधारमा परिवर्तन हुने छवीले हिरा झैँ लोभलाग्दो ईफेक्ट प्रस्तुत गर्छ ।
सुपर फुल स्क्रिन र फुल स्क्रिन मल्टिटास्किङ्
ओपोले एफसेवेन यूथमा सुपर फुल स्क्रिनका साथमा फुल स्क्रिन मल्टिटास्किङ सुविधा पनि उपलब्ध गरेको छ । फुल स्क्रिन मल्टि टास्किङ् फिचरको माध्यमबाट प्रयोगकर्ताले गेम खेलिरहेकै बखतमा फोन आएमा गेमलाई निरन्तर्ता दिँदै फोन उठाएर कुरागर्ने वा काट्ने कार्य समेत गर्न सक्छन् । फोनमा ६ ईञ्च फुल–एचडी स्क्रिन ८४.८ अल्ट्रा–हाई स्क्रिन रेसियो उपलब्ध गरिएको छ । यसले गर्दा भिडियो तथा गेम्स खेल्दा स्क्रिनमा उत्कृष्ट दृष्यानुभव लिन सकिन्छ ।
शक्तिशाली कार्य सम्पादन क्षमता
स्मार्टफोनको प्रदर्शनीका बारेमा कुरा आउँदा तीन कुराले समग्र प्रदर्शनीलाई नै आझेलमा पार्ने सम्भावना रहन्छ । ती हुन् सिस्टम फ्रिजिङ, अत्यधिक उर्जा खपतर न्यून मेमोरी । प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने सोचका साथ यी तीन कुरालाई एफसेवेन यूथको निर्माण गरिँदा विशेष ध्यान दिइएको छ । सम्पादन गतिमा तिब्रताका लागि फोनमा विश्वकै पहिलो १२ एनएमएआई सीपीयूको प्रयोग गरिएको छ ।
फोनमा ४ जीबी र्याम र ६४ जीबी रोमका साथमा १५ घण्टा निरन्तर प्रयोगमा साथदिने, ३ हजार ४ सय १० एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडान गरिएको छ । तसर्थ, अत्यधिक मोबाइल प्रयोग गर्ने यूवाहरुका लागि सञ्चय क्षमता र सञ्चालनका लागि आवश्यक कुरामा विशेष ध्यान दिइएको देखिन्छ ।
नयाँ कलर ओएस ५.० मा आधारित एण्ड्रोइड ८.१
फोनको प्रयोग गरिरहँदा आरामदायी अनुभव दिने सोचका साथ कम्पनीले कलर ओएस ५.० यूआईलाई ब्यापक परिष्कृतिकरण गरेको छ (रंग, ब्याकग्राउण्ड तथाफोण्ट डिजाइन लगायतमा) ।
प्रकाशित: १४ असार २०७५, बिहीबार