खल्ती र बिग मुभिजबीच साझेदारी, मोबाइलबाटै फिल्म टिकट किन्न मिल्ने

Technology Khabar १४ असार २०७५, बिहीबार

खल्ती र बिग मुभिजबीच साझेदारी, मोबाइलबाटै फिल्म टिकट किन्न मिल्ने

काठमाडौं । खल्ती र बिग मुभिजले सजिलो र सुरक्षित रुपले मोबाइलबाटै फिल्म टिकट किन्न मिल्ने सेवाका लागि रणनीतिक साझेदारीको घोषणा गरेका छन् ।

खल्तीका डाइरेक्टर अमित अग्रवाल र सिनेस्टार प्रालिका सीईओ भरत अग्रवालले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार अब बिगमुभिज डटकम डटएनपी मा गएर फिल्मको टिकट बुकिङ गरेपछि ग्राहकले सजिलै आफ्नो खल्ती आईडीमार्फत सो टिकटको पैसा तिर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

‘अब फिल्म हेर्न जानेहरुले नगद बिना नै फिल्म टिकटको पैसा भुक्तानी गर्न सक्नेछन् । यसले फिल्म हेर्न जाने दर्शकलाई टिकटिङ र पेमेन्ट प्रक्रिया झन्झट मुक्त र निकै सहज बनाउने छ,’ खल्तीका डाइरेक्टर अमित अग्रवालले भने ।

‘हाम्रा सेवाहरु झनै स्तरिय बनाउनका लागि हामीले खल्तीसँगको यो सहकार्य सुरुवात गरेका हौँ । अब ग्राहकहरुले अन्लाईनबाट सजिलै फिल्म टिकटको पैसा भुक्तानी गरी समय र पैसाको सदुप्रयोग गर्न सक्नु हुनेछ,’ सिनेस्टारका सीईओ भरत अग्रवालले भने ।

खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरुको मोबाइलबाटै भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।

TK Viber

प्रकाशित: १४ असार २०७५, बिहीबार

Loading...