पोखरामा यामाहा ‘राइड एन्ड रिट्रिट’

Technology Khabar १४ असार २०७५, बिहीबार

पोखरामा यामाहा ‘राइड एन्ड रिट्रिट’
Classic Tech
Nepal Telecom

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहाका स्कुटर चालकहरुलाई रोमाञ्चक ‘राइड एन्ड रिट्रिट’को आयोजना गरेको छ ।

गण्डकी अञ्चलका २५ जना यामाहा स्कुटर चालकलाई पोखराको यामाहा डिलर विश्वकर्मा अटोवक्र्सबाट पोखरा बजार हुँदै अतिथि रिसोर्ट लगिएको थियो जहाँ उनीहरुले एउटा सुखद र रमाइलो दिनको अनुभव गरे ।

पाँच समूहमा विभाजन गरिएका २५ जना स्कुटरचालकलाई ‘पिलो फाइटिङ’, ‘टग अफ वार’, ‘पिकिङ द फ्ल्याग’, जस्ता खेल खेलाइएको थियो । विश्वकर्मा अटोवक्र्सका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले डिलर र राइडरहरुबीचको सम्बन्ध नजिक र गाढा बनाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताए ।

यामाहाले यसअघि काठमाडौं र नारायणघाटमा ‘राइड एन्ड रिट्रिट’को आयोजना गरिसकेको जनाएको छ ।

TK Viber

प्रकाशित: १४ असार २०७५, बिहीबार

Loading...