जियोनी इण्डिया कम्पनी कार्बनका प्रमोटर र कम्पनीका पूर्व सिईओले किन्दै

Technology Khabar १४ असार २०७५, बिहीबार

जियोनी इण्डिया कम्पनी कार्बनका प्रमोटर र कम्पनीका पूर्व सिईओले किन्दै

काठमाडौं ।

काठमाडौं । पछिल्लो दिनमा वित्तिय समस्या भोगिरहेको चिनियाँ स्मार्टफोन कम्पनी जियोनीको भारतको व्यवसायलाई भारतीय व्यवसायीले खरिद गर्ने भएका छन् ।

भारतीय ब्राण्डको रुपमा परिचित कार्बन मोबाइलका प्रबद्र्धक प्रदीप जैन तथा जियोनी इण्डियाका पूर्व सिईओ अरबिन्द बोहराले जियोनी इण्डियाको सम्पूर्ण कारोबार खरिद गर्न लागेका हुन् ।

जियोनीले वित्तिय समस्याका कारण आफ्नो व्यवसाय बिस्तार गर्न सकेको छैन भने नयाँ खास उत्पादनहरु पनि ल्याउन सकेको छैन् ।

ईकोनोमिक्स टाइम्सको रिपोर्टकाअनुसार प्रदीप जैन र अरबिन्द बोहराले जियोनी इण्डियाको अपरेशन किन्नका लागि चिनियाँ कम्पनी जियोनीको साथ एउटा लेटर अफ इन्टेन्ट तथा नन डिस्क्लोजर एग्रीमेन्टमा हस्ताक्षर गरेका छन् ।

जियोनीको मूख्य कम्पनी जियोनी कम्यूनिकेशन इक्विपमेन्टको जियोनी इण्डियामा ७४ प्रतिशत बजार हिस्सा रहेको छ, बाँकी हिस्सेदारी बोहरा र उनको परिवारिक सदस्यहरुसँग छ ।

सो व्यवसायीक डिल २०० देखि २५० करोड भारतीय रुपैयाँमा भएकोस्रोतलाई उदृत गर्दै रिपोर्टमा भनिएको छ ।

बोहरा गत वर्षसम्म जियोनी इण्डियाका सिईओ थिए, तर चिनियाँ कम्पनीले भारतीय अपरेशनलाई सिधै नियन्त्रण गर्ने रणनीतिपछि उनले सो पद छोडेका थिए । तर त्यसपछि भएको वित्तिय समस्याका कारण कम्पनीले आफ्ना सप्लायरहरुलाई रकम दिन सकेको थिएन् ।

अहिले पनि भारतीय बजारमा जियोनीको बजार हिस्सा २ देखि ३ प्रतिशत रहेको छ । उत्तर भारतमा कम्पनीको राम्रो बजार रहेको बताईएको छ ।

नयाँ लगानीकर्ताहरुको नेतृत्वमा फेरी कम्पनीले भारतीय बजारमा पुन आउन सक्ने अनुमान गरिएको छ ।

Sajilo Visa

प्रकाशित: १४ असार २०७५, बिहीबार

तपाइको प्रतिक्रिया